२२ मंसिर २०८२, सोमबार
,
Latest
चिसोयाममा दर्शकलाई तताउँदै एनपिएल रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै: अर्थविद् नरबहादुर थापा स्वास्थ्य बिमाः अब काभ्रेका आठ अस्पतालबाट सेवा एनपीएलमा आज खेल नहुने, भोलि पहिलो क्वालिफायर ओमानको कला प्रदर्शनी मस्कटमा सम्पन्न मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘फनफनी’ निर्माण हुने



अ+ अ-

काठमाडौँ । कर्णालीको कथामा ‘बुलाकी’ निर्माण गरेर निर्देशक बनेका निर्देशक लक्ष्मण सुनारको निर्देशनमा दोस्रो चलचित्र ‘फनफनी’ बन्ने भएको छ । यहाँ आयोजित एक पत्रकार भेटघाटमा उनले पारिवारिक कथामा चलचित्र निर्माण हुने जानकारी दिए ।

“चलचित्रको लेखनको कार्य भइरहेको छ, यो पारिवारिक कमेडी चलचित्र बन्नेछ”, निर्देशक सुनारले भने, “यो पनि समाजसँग जोडिएको कथा हो । यसमा नेपालसँगै विदेशको यथार्थलाई हास्य शैलीमा प्रस्तुत गर्ने तयारीमा छु ।”

यस्तै, सोमबार चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएर यसको एक पोस्टरसमेत सार्वजनिक गरिएको छ । यसमा अभिनेताका रुपमा आर्यन अधिकारी अनुबन्धित भएका छन् । “चलचित्रको कथा सुनेपछि अभिनय गर्न सहमत भएको हुँ”, अभिनेता अधिकारीले भने ।

हरि मल्ल ठकुरी र गणेश मल्ल ठकुरी निर्माता रहेको चलचित्रको छायाङ्कन नेपालसँगै अष्ट्रेलिया, क्यानडा र भारतमा गर्ने निर्माण पक्षको तयारी रहेको छ ।