• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   विश्वकै लामो फिल्म, जसलाई हेर्न ३ दिन बढी समय लाग्ने ★   धैरे पटक चुनाव हारेर रेकर्डः २३८ पटक चुनाव लडेर हारेका नेताजी फेरि चुनाव लड्दै ★   झापा पुगेर गृहमन्त्रीले भने- पीडकसँग प्रशासन-प्रहरीको हिमचिम अन्त्य हुनैपर्छ ★   देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन: प्रधानमन्त्री दाहाल ★   आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो २२३ रनको विशाल लक्ष्य ★   प्रेस सेन्टरले गर्यो मिलन लिम्बूलाई बर्खास्त ★   कपनबाट पेस्तोलसहित एकजना पक्राउ ★   लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल ★   कोहली भर्सेस स्टार्कः दुबैलाई एक–अर्काको चिन्ता ★   राजस्थानलाई जिताउने पराग ज्वरो आएर तीन दिन विस्तारामा सुतेका थिए, पेनकिलर खाएर खेले

किशोरावस्थामा राँगाको पिठ्युँमा चढेर भैंसी चराउँथे – ओली



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू किशोर हुँदै राँगाको पिठ्युँमा चढेर भैंसी चराउने गरेको बताएका छन् ।

सोमबारको प्रतिनिधिसभामा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले सो कुरा बताएका हुन् ।

उनले भने ‘यहाँ हुनत राँगा चढेको कुरा संसदको रेकर्डबाट हटाइने होला, म के भन्छु भने म किशोर हुँदा राँगाको पिठ्युँमा चढेर भैंसी चराउँथे । म चढ्या हुँ । पूर्वराष्ट्रपति रामवरण यादवजीसँग राँगाको पिठ्युमा बसेर भैसी चराएको कुरा गर्दा उहाँले म त झन् तराईको मान्छे झन् बढी पिठ्युँमा चढेर कति चराइयो–चराइयो ।’

यो पनि पढ्नुस् – मूर्रा भैंसीको प्रसंगले संसदमा ‘हंगामा’ (भिडियोसहित)