• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

मूर्रा भैंसीको प्रसंगले संसदमा ‘हंगामा’ (भिडियोसहित)



फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको बैठकमा भारत भ्रमणबारे जानकारी दिने क्रममा मूर्रा भैंसीको प्रसंगबारे कुरा उठाउनुभएको छ ।

‘भैंसीको कुरा अहिले भएको होइन । आजभन्दा सात वर्षअघि नै मूर्रा भैंसी ल्याउने कुरा भएको रहेछ । मान्छेले अहिले मलाई भैंसी चढाएर हिँडेका छन्,’ प्रधानमन्त्रीले भन्नुभयो ।

यो भैंसीको प्रसंग उठेपछि प्रतिनिधिसभामा हंगामा मच्चिएको छ । प्रधानमन्त्री दाहाललाई प्रश्न सोध्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले भारत भ्रमणमा गएका प्रधानमन्त्री ‘भैंसी चढेर आएको’ भनेपछि सत्तापक्षका सांसदले आपत्ति जनाएका थिए ।

मा‌ओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले उक्त शब्द असंसदीय भएको भन्दै रेकर्डबाट हटाउने माग गर्नुभयो । तर, एउटा सांसदले बोलिरहेको बेलामा अर्काले आपत्ति जनाएको भन्दै एमाले र रास्वापाका सांसदहरूले उठेर प्रतिवाद गरे। एमाले नेता सूर्य थापाले सत्ता पक्षबाट दादागिरी भएको भन्दै नियमापत्ति समेत जनाउनुभयो ।

त्यसपछि सभामुख देवराज घिमिरेले ‘भैंसी चढेर आएको’ भन्ने शब्द रेकर्डबाट हटाउन निर्देशन दिनुभयो । लगत्तै एमाले नेता रघुजी पन्तले पुन आपत्ति जनाउँदै प्रधानमन्त्रीले भैंसीको कुरा उठाएकाले प्रधानमन्त्रीले बोलेको विषय पनि रेकर्डबाट हटाउन माग गर्नुभयो । यस्तै, रास्वपाका संसदीय दलका नेता रवि लामिछानेले प्रधानमन्त्री स्वयंले भनेको कुरालाई लिएर आफ्ना सांसद हटाउने कुरा आपत्तिजनक भएको बताउनुभयो ।