२६ श्रावण २०८३, मंगलवार
,
Latest
गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल काठमाडौंका अस्पतालको फोहोर व्यवस्थापन गर्ने कर्मचारी संक्रमणको जोखिममा कङ्गोमा इबोलाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघ्यो सोमालियाका विस्थापित शिविरमा बाल कुपोषण बढ्दै पूर्वराष्ट्रपति असदसहित सात अधिकारीलाई सिरियामा मृत्युदण्ड एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय निशान छापको दुरूपयोग गर्ने एक जना पक्राउ सुनसरीको कप्तानगञ्ज घटना छानबिनका लागि न्यायिक आयोग गठन गर्न काँग्रेसको माग लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्रको निर्माण घट्दो



फाईल फोटो
अ+ अ-

काठमाडौँ । अघिल्लो वर्षको तुलनामा यस वर्ष चलचित्रको निर्माण सङ्ख्या घट्ने भएको छ । गत वर्षको तुलनामा यस वर्ष छायाङ्कन भइरहेको चलचित्रको सङ्ख्या कम देखिन्छ । त्यसो त पानी पर्ने समय भएकाले पनि यो समयमा ‘स्टुडियो’भन्दा बाहिर छायाङ्कन सहज हुँदैन । यद्यपि सङ्ख्याकै हिसाबमा पनि कम देखिएको निर्माताको छाता सङ्गठन नेपाल चलचित्र निर्माण सङ्घका अध्यक्ष नवल खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले अन्य क्षेत्रमा समेत मन्दी देखिएको छ । चलचित्र त्यसबाट अछुतो छैन । सबैभन्दा पहिले गाँस, बास र कपास हो । त्यसपछि मनोरञ्जन आउँछ ।” यस अगाडि पनि चलचित्र निर्माणमा लागत बढिरहेको सन्दर्भमा निर्माता सङ्घले चिन्ता व्यक्त गरेको थियो ।

“निर्माण लागत विविध कारणले बढिरहेको छ । बजारबाट न्यूनतम आउने व्यापारको कुनै मापन नै छैन”, उहाँले भन्नुभयो । निर्देशक ज्ञानेन्द्र देउजाले अहिले बजार बुझ्न सहज नरहेको बताउनुभयो । “पहिला चलचित्र निर्माण भएर प्रदर्शन हुँदा यतिसम्म लगानी फिर्ता हुन्छ भन्ने अनुमान गर्न सकिन्थ्यो । हामीले राख्ने कलाकारकै कारण वितरकबाट उठ्ने लागत पनि थियो । अहिले त्यो छैन”, निर्देशक देउजाले भन्नुभयो । उहाँ पनि चलचित्रको पटकथामा व्यस्त हुनुहुन्छ ।

चलचित्र व्यवसाय मात्र होइन, निर्माण पनि घट्न थालेको छ । अहिले भने ‘ह्यासट्याग माया’, ‘दिमाग खराब’, ‘देववाणी’ लगायत केही चलचित्र छायाङ्कनमा छन् । केही निर्माता पर्ख र हेरको अवस्था रहेको बुझिन्छ । आउँदो भदौबाट सम्भावना बोकेका नेपालीसँगै विदेशी चलचित्र प्रदर्शन हुँदैछन् । तिनले गर्ने व्यापारले पनि चलचित्र क्षेत्रको मार्गनिर्देश गर्ने नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले बताउनुभयो ।

“अहिले चलचित्र भवनमा धेरै तथ्य बुझेर आउने गरेको पाएको छु । चलचित्र हेर्न जाउँ भनेर आइहाल्ने दर्शक कम हुनुहुन्छ”, उहाँले भन्नुभयो, “दसैँ आसपासका चलचित्रले राम्रो व्यापार गरेमा निर्माणमा तिब्रता आउने छ ।” चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार गत वर्ष विसं २०७९ मा नेपाली ५२ चलचित्र प्रदर्शन भएका थिए ।