२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेक्सलाई खेलकुदको श्रेणीमा राख्दै स्विडेन, यौन प्रतियोगिताको आयोजना गरिँदै



अ+ अ-

एजेन्सी । तपाई यो समाचार सुनेर अचम्मित हुनुहोला । अथवा भनौं तपाईलाई पत्यार लाग्न नसक्ला । स्विडेनले आधिकारिक रूपमा सेक्सलाई खेलको रूपमा घोषणा गरेको छ । योसँगै यहाँ पहिलो पटक यौन प्रतियोगिताको आयोजना गर्ने तयारी थालिएको छ ।

यौन प्रतियोगितामा भाग लिने व्यक्तिहरू सेक्स सेसनमा सहभागी हुनेछन् जुन दैनिक ६ घण्टासम्म चल्नेछ । यौन प्रतियोगिताका विजेताहरू निर्णायकको प्यानलले निर्णय गर्नेछन् र दर्शकले पनि अन्तिम निर्णयलाई प्रभावित पार्न सक्नेछन् ।

युरोपेली सेक्स च्याम्पियनसिप ८ जुनबाट सुरु हुनेछ । यो ६ हप्तासम्म चल्नेछ । यसमा सहभागीहरूले आफ्नो खेलको अवधिको आधारमा दैनिक ४५ मिनेटदेखि १ घण्टासम्म यौन क्रियाकलापमा संलग्न हुनेछन् ।

दर्शकले यौन प्रतियोगिताको निर्णयलाई प्रभाव पार्नेछन् र यौन गतिविधिका थुप्रै पक्षलाई केलाउनेछन् । दम्पतीबीचको केमेस्ट्री, सेक्सबारे ज्ञान, सहनशीलताको स्तर आदि कुरालाई ध्यानमा राखी विजेताबारे अन्तिम निर्णय गरिनेछ ।

सहभागीहरूले सेक्स र कामुकता सम्बन्धी संस्कृत शास्त्र (कामसूत्र) सम्बन्धी ज्ञानको आधारमा अङ्क प्राप्त गर्नेछन् ।

आयोजकले विविधताका लागि विभिन्न यौन झुकाव राख्ने मानिसहरूलाई प्रतियोगितामा भाग लिन प्रोत्साहित गरेको छ । यसबारे सामाजिक सञ्जालमा विभिन्न खालका टिका प्रतिक्रियाहरु आइरहेका छन् । कतिले यसलाई सकारात्मक रूपमा लिएका छन् भने कतिले यसलाई नकारात्मक भनेका छन् ।