२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेक्सलाई खेलकुदको श्रेणीमा राख्दै स्विडेन, यौन प्रतियोगिताको आयोजना गरिँदै



अ+ अ-

एजेन्सी । तपाई यो समाचार सुनेर अचम्मित हुनुहोला । अथवा भनौं तपाईलाई पत्यार लाग्न नसक्ला । स्विडेनले आधिकारिक रूपमा सेक्सलाई खेलको रूपमा घोषणा गरेको छ । योसँगै यहाँ पहिलो पटक यौन प्रतियोगिताको आयोजना गर्ने तयारी थालिएको छ ।

यौन प्रतियोगितामा भाग लिने व्यक्तिहरू सेक्स सेसनमा सहभागी हुनेछन् जुन दैनिक ६ घण्टासम्म चल्नेछ । यौन प्रतियोगिताका विजेताहरू निर्णायकको प्यानलले निर्णय गर्नेछन् र दर्शकले पनि अन्तिम निर्णयलाई प्रभावित पार्न सक्नेछन् ।

युरोपेली सेक्स च्याम्पियनसिप ८ जुनबाट सुरु हुनेछ । यो ६ हप्तासम्म चल्नेछ । यसमा सहभागीहरूले आफ्नो खेलको अवधिको आधारमा दैनिक ४५ मिनेटदेखि १ घण्टासम्म यौन क्रियाकलापमा संलग्न हुनेछन् ।

दर्शकले यौन प्रतियोगिताको निर्णयलाई प्रभाव पार्नेछन् र यौन गतिविधिका थुप्रै पक्षलाई केलाउनेछन् । दम्पतीबीचको केमेस्ट्री, सेक्सबारे ज्ञान, सहनशीलताको स्तर आदि कुरालाई ध्यानमा राखी विजेताबारे अन्तिम निर्णय गरिनेछ ।

सहभागीहरूले सेक्स र कामुकता सम्बन्धी संस्कृत शास्त्र (कामसूत्र) सम्बन्धी ज्ञानको आधारमा अङ्क प्राप्त गर्नेछन् ।

आयोजकले विविधताका लागि विभिन्न यौन झुकाव राख्ने मानिसहरूलाई प्रतियोगितामा भाग लिन प्रोत्साहित गरेको छ । यसबारे सामाजिक सञ्जालमा विभिन्न खालका टिका प्रतिक्रियाहरु आइरहेका छन् । कतिले यसलाई सकारात्मक रूपमा लिएका छन् भने कतिले यसलाई नकारात्मक भनेका छन् ।