२४ भाद्र २०८३, बुधबार
,
Latest
पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए’ डिभिजन लिगमा आज चार खेल हुँदै



अ+ अ-

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज चार खेल हुँदैछ । दिउँसो तीन फरक मैदानमा एकैपटक खेल हुनेछ भने साँझ अर्को खेल हुनेछ ।

२४औं चरण अन्तर्गत आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दुई तथा एन्फा कम्प्लेक्स र च्यासल रंगशालमा एक–एक खेल हुन लागेको हो । उपाधि होडमा रहेको दोस्रो स्थानको मछिन्द्रले च्यासल मैदानमा नेपाल पुलिस क्लबसँग खेल्नेछ । खेल तीन बजे सुरु हुनेछ ।

शीर्ष स्थानको चर्च ब्वाइजसँग पाँच अंकले पछि रहेको मछिन्द्रका लागि उपाधि होडमा रहन पुलिसविरुद्ध जित्नैपर्ने दबाब छ । यता, पुलिसलाई पनि आजको खेल जितेर शीर्ष तीनमा रहने मनसायका साथ मैदानमा उत्रनेछ । मछिन्द्रलाई हराएमा पुलिसले तेस्रो स्थानको जावलाखेल युथ क्लबसँग अंक बराबरी गर्नेछ ।

यस्तै, दशरथ रंगशालमा दिउँसो तीन बजे एनआरटी र हिमालयन शेर्पा क्लबबीच खेल हुनेछ । शेर्पा २३ खेलमा ३० अंक जोडेर आठौं स्थानमा छ भने समान खेलबाट एनआरटी २९ अंक जोडेर १० औं स्थानमा छ ।

आजको खेलमा विजयी हुने टिम रेलिगेसनबाट लगभग उत्रनेछ । पराजित हुने टिम भने रेलिगेसन दबाबमा हुनेछ । यस्तै, पुछारमा रहेको खुमलटार र रेलिगेसन जोनभन्दा २ अंकले मात्र अघि रहेको संकटा क्लबबीच एन्फा कम्प्लेक्समा तीन बजे खेल हुनेछ । संङ्कटा २३ खेलबाट २७ अंकसहित १२औं स्थानमा छ भने खुमलटार २४ अंकसहित पुछारमा छ ।

यस्तै, रेलिगेसन जोनमा रहेको अर्को क्लब फ्रेण्ड्सले साँझ ६ बजे दशरथ रंगशालमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्दैछ । मनाङ २३ खेलबाट ३१ अंक जोडेर छैटौं स्थानमा छ भने फ्रेण्ड्स २५ अंकसहित १३औं स्थानमा छ ।