२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियाविरुद्ध टी–२० आईको उपाधि नेपाललाई



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली महिला क्रिकेट टीमले मलेसियाविरुद्ध टी–२० आईको उपाधि जितेको छ । अन्तिम खेलमा मलेसियालाई तीन विकेटले पराजित गर्दै नेपाली टीमले उपाधि हात पारेको हो ।

मलेसियाले जितको लागि दिएके १ सय १० रनको लक्ष्य पछ्छाएको नेपालले १९।२ ओभरमा ७ विकेट गुमाउँदै आफ्नो लक्ष्य पुरा गर्‍यो र सिरीज हात पार्यो । नेपालको जितमा ओपनर सिता राना मगरले सर्वाधिक ३४ रन बनाईन । कप्तान रुविना क्षेत्री २३ रन जोड्दा अप्सरी बेगम र ज्याती पाण्डे ११ रनमा अविजित रहे ।

बलिङतर्फ मलेसियाको ऐन्ना हाजिमाले दुई विकेट लिईन भने माहिरा, विनिफर्ड, ऐस्या र नुरले समान एक विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा १०९ रन बनाएके थियो । मलेसियाको लागि वान जुलियाले सर्वाधिक ४७ रनको इनिङ खेलनि । ओपनर विनिफर्डले २४ रन र माहिराले २० रन बनाउदा अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको बलिङमा कविता जोशीले दुई र इश्वरी विष्टले एक विकेट लिए ।

शृंखलाको पहिलो खेल हारेको नेपाल दोस्रो र तेस्रो खेल जित्दै जित नजिक पुगेको थियो । चौथो खेलमा मलेसियाले नेपाललाई हराउँदै शृंखला बराबरी गरेको थियो । तर, अन्तिम खेलमा नेपालले शानदार जित निकाल्दै शृंखला ३–२ को अन्तरमा विजयी भएको हो ।