• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री ★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दे राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी ★   कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड ★   वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट ★   दाङको राजपुर गाउँपालिका भरिबाट एसइईमा एकजना मात्रै उत्तीर्ण ★   नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुन्छः घनश्याम भुषाल

साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक ५०.१३ अंकले बढ्यो, कारोबारको सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीले ओगट्यो



काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक ५० दशमलव १३ अंकले बढेर २ हजार ९०६ दशमलव ९१ विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक १ दशमलव ७६ प्रतिशत बढेको हो । अघिल्लो कारोबार दिन गत बिहीबार नेप्से परिसूचक २ हजार ८५६ दशमलव ७६ विन्दुमा बन्द भएको थियो ।

यस दिन सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ८८ अंक बढेर ५२० दशमलव ९९ विन्दुमा पुगेको छ । आजको कारोबारमा लगानी समूहको परिसूचक सर्वाधिक ३ दशमलव ९७ प्रतिशत र बैंकिङ्ग समूहको परिसूचक ३ दशमलव ६६ प्रतिशत बढेको छ । 

दोहोरो उच्च अंकले बढेको आइतवारको बजारमा सर्वाधिक गुमाउने जलविद्युत् कम्पनीहरुमध्ये राधी विद्युतको शेयरमूल्य सबैभन्दा बढी प्रतिशत घटेको छ । ३६ दशमलव ५० प्रतिशत बोनस शेयर पश्चात १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर वितरणको प्रस्ताव गरेको राधी विद्युतको शेयरमूल्य पछिल्लो तीन कारोबार दिन निरन्तर घट्दै आएको छ ।

आइतवार कम्पनीको शेयरमूल्य ८ दशमलव ५६ प्रतिशत अर्थात प्रतिकित्ता रू. ९८ ले घटेर अन्तिम मूल्य रू. १ हजार ४७ कायम भएको छ । नेप्से परिसूचकसँगै यस दिन कारोबार रकम पनि बढेको छ ।

गत बिहीवार रू. १६ अर्ब ९० करोड ७० लाखभन्दा बढीको शेयर कारोबार भएकोमा आइतवार यो रकम रू. १७ अर्ब २७ करोड १७ लाख ८७ हजार पुगेको छ । २१८ ओटा कम्पनीको १ लाख ७१ हजार ६० पटकको व्यापारमा उक्त रकम बराबरको ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता शेयर कारोबार भएको हो । यो दिन पनि कारोबार रकमको सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । 

पछिल्लो चार कारोबार दिन सर्वाधिक कारोबार रकमको स्थान यसै कम्पनीले ओगट्न सफल भएको हो । नेपाल पुनर्बीमा कम्पनीको आइतवार रू. १ अर्ब २१ करोड १४ लाख ५६ हजार बराबरको शेयर कारोबार भएको छ । यो दिन कम्पनीको शेयरमूल्य पनि प्रतिकित्ता रू. ११० ले बढेर अन्तिम मूल्य रू. १ हजार ८७५ कायम भएको छ । यस दिन प्रतिकित्ता रू. १ हजार ७८० देखि खुलेको कम्पनीको शेयरमूल्य न्यूनतम रू. १ हजार ७७५ देखि अधिकतम रू. १ हजार ८८२ सम्म पुगेको थियो ।

शेयर बजारमा बढेको बजारमा महिला लघुवित्त सहित पाँच कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । यस दिन महिला लघुवित्तको १० प्रतिशतले , गुडवील फाइनान्सको ९ दशमलव ८९ प्रतिशत, लुम्बिनी विकास बैंकको ९ दशमलव ८८ प्रतिशत, रिडी हाइड्रोपावरको ९ दशमलव ८७ प्रतिशत र नेपाल बङ्गलादेश बैंकको ९ दशमलव शून्य ७ प्रतिशतले शेयरमूल्य बढेको हो । 

त्यस्तै यो दिन अन्यको ३ दशमलव ०३ प्रतिशत , विकास बैंकको परिसूचक २ दशमलव ३८ प्रतिशत, वित्तको १ दशमलव ४३ प्रतिशत, लघुवित्तको शून्य दशमलव शून्य ८ प्रतिशत र म्युचुअल फण्डको १ दशमलव ६ प्रतिशत परिसूचक बढेको हो । 

त्यस्तै व्यापारिक समूहको १ दशमलव शून्य २ प्रतिशत, होटल्स तथा पर्यटनको शून्य दशमलव ५२ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ५७ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव १४ प्रतिशत र जीवन बीमा समूहको शून्य दशमलव ६८ प्रतिशत परिसूचक घटेको छ ।

महिला लघुवित्तको यो दिन प्रतिकित्ता रू. ४७५ ले बढेर अन्तिम मूल्य रू. ५ हजार २२७, गुडवील फाइनान्सको प्रतिकित्ता रू. ४७ ले बढेर अन्तिम मूल्य रू. ५२२, लुम्बिनी विकास बैंकको प्रतिकित्ता रू. ४९ ले बढेर अन्तिम मूल्य रू. ५४५ कायम भएको छ ।

त्यसैगरी रिडी हाइड्रोपावरको प्रतिकित्ता रू. ३९ ले बढेर अन्तिम मूल्य रू. ४३४ र नेपाल बङ्गलादेश बैंकको प्रतिकित्ता रू. ३६ ले बढेर अन्तिम मूल्य रू. ४३३ कायम भएको छ । आइतवारको कारोबारमा जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जलविद्युत् समूहको परिसूचक सर्वाधिक १ दशमलव ६३ प्रतिशतले घटेको छ ।