३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने

साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक ५०.१३ अंकले बढ्यो, कारोबारको सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीले ओगट्यो

साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक ५०.१३ अंकले बढ्यो, कारोबारको सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीले ओगट्यो
अ+ अ-

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक ५० दशमलव १३ अंकले बढेर २ हजार ९०६ दशमलव ९१ विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक १ दशमलव ७६ प्रतिशत बढेको हो । अघिल्लो कारोबार दिन गत बिहीबार नेप्से परिसूचक २ हजार ८५६ दशमलव ७६ विन्दुमा बन्द भएको थियो ।

यस दिन सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ८८ अंक बढेर ५२० दशमलव ९९ विन्दुमा पुगेको छ । आजको कारोबारमा लगानी समूहको परिसूचक सर्वाधिक ३ दशमलव ९७ प्रतिशत र बैंकिङ्ग समूहको परिसूचक ३ दशमलव ६६ प्रतिशत बढेको छ । 

दोहोरो उच्च अंकले बढेको आइतवारको बजारमा सर्वाधिक गुमाउने जलविद्युत् कम्पनीहरुमध्ये राधी विद्युतको शेयरमूल्य सबैभन्दा बढी प्रतिशत घटेको छ । ३६ दशमलव ५० प्रतिशत बोनस शेयर पश्चात १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर वितरणको प्रस्ताव गरेको राधी विद्युतको शेयरमूल्य पछिल्लो तीन कारोबार दिन निरन्तर घट्दै आएको छ ।

आइतवार कम्पनीको शेयरमूल्य ८ दशमलव ५६ प्रतिशत अर्थात प्रतिकित्ता रू. ९८ ले घटेर अन्तिम मूल्य रू. १ हजार ४७ कायम भएको छ । नेप्से परिसूचकसँगै यस दिन कारोबार रकम पनि बढेको छ ।

गत बिहीवार रू. १६ अर्ब ९० करोड ७० लाखभन्दा बढीको शेयर कारोबार भएकोमा आइतवार यो रकम रू. १७ अर्ब २७ करोड १७ लाख ८७ हजार पुगेको छ । २१८ ओटा कम्पनीको १ लाख ७१ हजार ६० पटकको व्यापारमा उक्त रकम बराबरको ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता शेयर कारोबार भएको हो । यो दिन पनि कारोबार रकमको सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । 

पछिल्लो चार कारोबार दिन सर्वाधिक कारोबार रकमको स्थान यसै कम्पनीले ओगट्न सफल भएको हो । नेपाल पुनर्बीमा कम्पनीको आइतवार रू. १ अर्ब २१ करोड १४ लाख ५६ हजार बराबरको शेयर कारोबार भएको छ । यो दिन कम्पनीको शेयरमूल्य पनि प्रतिकित्ता रू. ११० ले बढेर अन्तिम मूल्य रू. १ हजार ८७५ कायम भएको छ । यस दिन प्रतिकित्ता रू. १ हजार ७८० देखि खुलेको कम्पनीको शेयरमूल्य न्यूनतम रू. १ हजार ७७५ देखि अधिकतम रू. १ हजार ८८२ सम्म पुगेको थियो ।

शेयर बजारमा बढेको बजारमा महिला लघुवित्त सहित पाँच कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । यस दिन महिला लघुवित्तको १० प्रतिशतले , गुडवील फाइनान्सको ९ दशमलव ८९ प्रतिशत, लुम्बिनी विकास बैंकको ९ दशमलव ८८ प्रतिशत, रिडी हाइड्रोपावरको ९ दशमलव ८७ प्रतिशत र नेपाल बङ्गलादेश बैंकको ९ दशमलव शून्य ७ प्रतिशतले शेयरमूल्य बढेको हो । 

त्यस्तै यो दिन अन्यको ३ दशमलव ०३ प्रतिशत , विकास बैंकको परिसूचक २ दशमलव ३८ प्रतिशत, वित्तको १ दशमलव ४३ प्रतिशत, लघुवित्तको शून्य दशमलव शून्य ८ प्रतिशत र म्युचुअल फण्डको १ दशमलव ६ प्रतिशत परिसूचक बढेको हो । 

त्यस्तै व्यापारिक समूहको १ दशमलव शून्य २ प्रतिशत, होटल्स तथा पर्यटनको शून्य दशमलव ५२ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ५७ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव १४ प्रतिशत र जीवन बीमा समूहको शून्य दशमलव ६८ प्रतिशत परिसूचक घटेको छ ।

महिला लघुवित्तको यो दिन प्रतिकित्ता रू. ४७५ ले बढेर अन्तिम मूल्य रू. ५ हजार २२७, गुडवील फाइनान्सको प्रतिकित्ता रू. ४७ ले बढेर अन्तिम मूल्य रू. ५२२, लुम्बिनी विकास बैंकको प्रतिकित्ता रू. ४९ ले बढेर अन्तिम मूल्य रू. ५४५ कायम भएको छ ।

त्यसैगरी रिडी हाइड्रोपावरको प्रतिकित्ता रू. ३९ ले बढेर अन्तिम मूल्य रू. ४३४ र नेपाल बङ्गलादेश बैंकको प्रतिकित्ता रू. ३६ ले बढेर अन्तिम मूल्य रू. ४३३ कायम भएको छ । आइतवारको कारोबारमा जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जलविद्युत् समूहको परिसूचक सर्वाधिक १ दशमलव ६३ प्रतिशतले घटेको छ ।