१० भाद्र २०८३, बुधबार
,
Latest
दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओडिशा रेल दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या २३८ पुग्यो, उद्धार कार्य जारी



अ+ अ-

एजेन्सी । ओडिशामा दुई एक्सप्रेस ट्रेनहरू दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २३८ पुगेको छ । घटनास्थलमा हाल उद्धार कार्य जारी छ ।

बेंगलुरु–हावडा एक्सप्रेस र शालिमार–चेन्नई कोरोमण्डल एक्सप्रेस–र बालासोरमा मालबाहाक रेल दुर्घटना भएको दक्षिण पूर्वी रेलवेले शनिबार जनाएको छ । अहिलेसम्म प्राप्त जानकारी अनुसार २३८ जनाको मृत्यु भएको छ भने लगभग ६५० घाइते भएका छन् ।

घाइतेहरूको गोपालपुर, खन्तपारा, बालासोर, भद्रक र सोरोको अस्पतालमा उपचार भइरहेको छ । सर एम विश्वेश्वराया (बेंगलुरु)–हावडा एक्सप्रेसले १२ ८६४ जना यात्रु बोकेको थियो भने सुपरफास्ट एक्सप्रेसले १००० यात्रु लिएर हावडातर्फ गइरहेको थियो।

त्यसैगरी करिब २०० यात्रु बोकेको एउटा विशेष ट्रेन दुर्घटनामा फसेको र अहिले बालासोरबाट हावडाको लागि प्रस्थान गर्दैछ । खड़गपुर स्टेशनमा यात्रुहरूलाई पानी, चिया र खानाका प्याकेटहरू उपलब्ध गराइँदैछ। हावडा जाने बाटोमा रहेको बेंगलुरु–हावडा सुपरफास्ट एक्सप्रेसका थुप्रै डिब्बा पटरीबाट खसेर नजिकैको ट्र्याकमा अड्केका छन्।

शालिमार(चेन्नई सेन्ट्रल कोरोमण्डल एक्सप्रेस समानान्तर ट्र्याकमा विपरीत दिशाबाट आउँदै गरेको डिब्बामा ठोक्किएको थियो। कोरोमण्डल एक्सप्रेस कोच पटरीबाट खसेर तेस्रो ट्र्याकमा रहेको स्टेशनरी मालगाडीमा ठोक्किएको बताइएको छ ।

केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णव घटनास्थल पुगेर उद्धार कार्यको निरीक्षण गर्नु भएको छ । घटनाको उच्च स्तरीय छानबिन आयोग गठन गरेर छानबिन गरिने र रेल सुरक्षा आयुक्तले पनि स्वतन्त्र छानबिन गर्ने, वैष्णवले शनिबार बताउनु भएको छ ।

रेलवे प्रवक्ता अमिताभ शर्माका अनुसार शुक्रबार साँझ ७ बजे उक्त दुर्घटना भएको हो ।