२६ श्रावण २०८३, मंगलवार
,
Latest
काठमाडौंका अस्पतालको फोहोर व्यवस्थापन गर्ने कर्मचारी संक्रमणको जोखिममा कङ्गोमा इबोलाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघ्यो सोमालियाका विस्थापित शिविरमा बाल कुपोषण बढ्दै पूर्वराष्ट्रपति असदसहित सात अधिकारीलाई सिरियामा मृत्युदण्ड एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय निशान छापको दुरूपयोग गर्ने एक जना पक्राउ सुनसरीको कप्तानगञ्ज घटना छानबिनका लागि न्यायिक आयोग गठन गर्न काँग्रेसको माग लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता बेपत्ता पारिएका व्यक्तिको छानबिनलाई प्रभावकारी बनाइने शेखर गोल्छासँग मागियो एक करोड धरौटी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा उपाध्यक्षहरुलाई विभाग संयोजनको जिम्मा



अ+ अ-

काठमाडौँ । नेकपा एमालेले उपाध्यक्षहरुलाई विभागहरुको संयोजन गर्ने जिम्मेवारी तोकेको छ । शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालयल बैठकले जिम्मेवारीमा हेरफेर गर्दै वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरुलाई जिम्मेवारी तोकेको हो ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार योजना तथा नीतिसँगसम्बन्धी विभागको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पूर्वाधार र विकाससँग जोडिएको विभागमा सुरेन्द्र पाण्डे, कृषि तथा उद्यमशीलतासम्बन्धी विभागमा रामबहादुर थापा, सामाजिक विकाससम्बन्धी विभाग अष्टलक्ष्मी शाक्य, मानवस्रोतसँगसम्बन्धी विभाग युवराज ज्ञवाली, सुशासन र सेवा प्रवाहसँग सम्बन्धी विभागका सुवासचन्द्र नेम्वाङ र संगठन तथा प्रशिक्षणसँग सम्बन्धी विभागहरुको संयोजन विष्णु पौडेलले गर्नेछन् ।

साथै, एमालेले संगठन विभागमा काशीनाथ अधिकारी, प्रचारको प्रमुखमा राजेन्द्र गौतमलाई तोकेको छ ।