२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्र सरकारबाट कुन प्रदेश र महानगरले कति बजेट पाए ?



अ+ अ-

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट संसद्मा प्रस्तुत गरिसकेको छ । आगामी आर्थिक वर्षका लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सङ्घ सरकारबाट प्रदेश र स्थानीय तहका लागि कूल चार खर्ब आठ करोड ७० लाख विनियोजन भएको छ । जसमध्ये चालु शीर्षकमा रू तीन खर्ब ३६ अर्ब ६७ करोड १० लाख र पुँजीगततर्फ रू ६३ अर्ब ४१ करोड ६० लाख विनियोजन भएको छ ।

अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत प्रदेश र स्थानीय तहमा जाने रकममध्ये समानीकरण अनुदानतर्फ रू एक खर्ब ४६ अर्ब दुई करोड चार लाख, सशर्त अनुदानतर्फ रू दुई खर्ब २७ अर्ब ६१ करोड ४५ लाख, विशेष अनुदानतर्फ रू १३ अर्ब २६ करोड ७३ लाख र समपूरक अनुदानतर्फ रू १३ अर्ब २६ करोड ७३ लाख विनियोजन भएको छ ।

सङ्घीय बजेटमा प्रदेशका लागि रू एक खर्ब पाँच अर्ब ६ करोड ६८ लाख र स्थानीय तहका लागि रू दुई खर्ब ९५ अर्ब दुई करोड दुई लाख विनियोजन भएको छ । वित्तीय हन्तान्तरणमार्फत् जाने रकममध्ये सबैभन्दा धेरै कर्णाली प्रदेशले रू १६ अर्ब २७ करोड ३९ लाख र कोशी प्रदेशले रू १६ अर्ब ११ करोड ७० लाख बराबर बजेट पाएको छ । मधेसका लागि रू १३ अर्ब ४५ करोड ३५ लाख, बागमतीका लागि रू १५ अर्ब ८१ करोड २३ लाख, गण्डकीका लागि रू १३ अर्ब ६० करोड ४० लाख, लुम्बिनीका लागि रू १५ अर्ब ३८ करोड ४२ लाख र सुदूरपश्चिमका लागि रू १४ अर्ब ४२ करोड १९ लाख विनियोजन भएको छ ।

स्थानीय तहका लागि वित्तीय हन्तान्तरणमार्फत गएको रकममध्ये महानगरपालिकाका लागि रू १० अर्ब ३१ करोड ९८ लाख, उपमहानगरपालिकाका लागि रू १० अर्ब ४२ करोड २२ लाख, नगरपालिकाका लागि रू एक खर्ब ३१ अर्ब २१ करोड ४३ लाख र गाउँपालिकाका लागि रू एक खर्ब ४३ अर्ब छ करोड ३९ लाख विनियोजन भएको छ ।

महानगरपालिकामा गएको सङ्घीय अनुदानको बजेट हेर्दा सबैभन्दा धेरै पोखरा महानगरपालिकाले रू दुई अर्ब ७६ करोड ३२ लाख र काठमाडौँ महानगरपालिकाले रू दुई अर्ब १४ करोड ३१ लाख पाएका छन् । त्यसैगरी, विराटनगर महानगरपालिकाका लागि रू एक अर्ब १९ करोड २४ लाख, भरतपुर महानगरपालिकाका लागि रू एक अर्ब ७५ करोड तीन लाख, ललितपुर महानगरपालिकाका लागि रू एक अर्ब १३ करोड ८७ लाख र वीरगञ्ज महानगरपालिकाका लागि रू एक अर्ब ३३ करोड २१ लाख विनियोजन भएको छ । रासस