५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको लगातार दोस्रो जित, मलेसिया २७ रनले पराजित



फाईल फोटो
अ+ अ-

काठमाडौं ।महिला टि२० आई शृखंलाअन्तर्गत तेस्रो खेलमा नेपालले मलेसियालाई २७ रनले पराजित गरेको छ । यो जितसँगै नेपालले ५ खेलको शृंखलामा २–१ ले अग्रता लिएको छ ।

नेपालले जितको लागि दिएको १ सय ११ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाउँदै ८३ रन मात्रै बनायो । मलेसियाको लागि माहिराले सर्वाधिक ४४ रन योगदान दिईन् । यस्तै, विनीफर्डले २० रन जोड्दा मलेसियाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको तर्फबाट बलिङमा उत्रेका कविता कुँवर, सिता राना मगर र इन्दु वर्माले समान एक विकेट लिए ।

मलेसियाको बांगीस्थित युएसडी युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ११० रन बनाएको थियो ।

नेपालको लागि कप्तान रुविना क्षेत्री बेलबासेले सर्वाधिक २७ रन बनाएकी थिईन । उनले १५ बलमा ३ चौका र १ छक्का प्रहार गरिन् । यस्तै ज्योती पाण्डेले २३ रन बनाउदा सीता राना मगरले २१ र इन्दु बर्माले २० रन बनाएकी थिईन । कविता कुँवर २ रनमा आउट हुदा विन्दु रावल ३ र कविता जोशी १ रनमा अविजित रहेका थिए ।

बलिङतर्फ मलेसियाकी निक नुर अतिएलाले २ तथा आसया इलिसा र विनफ्रेड अन्नेले समान एक विकेट लिएकी थिईन् ।

पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा ७ विकेटको शानदार जित निकालेको थियो । पाँच खेलको शृंखलामा नेपालले अब चौथो र पाँचौं खेल शनिबार र आईतबार खेल्नेछन् । शृंखला जित्न नेपाललई अब एक जित पर्याप्त हुनेछ ।