३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाअभियोगसँग देउवा र प्रचण्डको संयोग



अ+ अ-

काठमाडौँ । विसं २०७४ वैशाख १७ गते तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भयो । कार्यपालिकाको क्षेत्राधिकारमाथि हस्तक्षेप, कार्यसम्पादन क्षमताको अभाव, व्यक्तिगत आशयबाट प्रभावित भई फैसला गर्ने, न्यायाधीशहरुमाथि फरक फरक व्यवहार गरेको, न्यायालयमा गुटबन्दी गर्न खोजेको भन्दै उहाँविरुद्ध अभियोग लगाइएको थियो । तर सुशीला कार्कीलाई महाअभियोग लगाउनुको मुख्य र तात्कालीक कारण प्रहरी महानिरीक्षक प्रकरण नै थियो ।

स्थानीय तहको निर्वाचन पहिलो चरणमा वैशाख ३१ गते हुन लागेको बेलामा कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो । त्यतिबेला उहाँविरुद्ध महाअभियोग लगाउनेमा नेपाली कांग्रेस र सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसदहरु थिए ।

अहिले पनि सरकारले स्थानीय निकायको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ । संयोग नै मान्नुपर्छ स्थानीय निकायको निर्वाचन हुने बेलामा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध पनि संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । अर्को संयोग के रहेको छ भने महाअभियोग प्रस्ताव दर्ता गराउनेमा यसपटक पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले नै महाअभियोग प्रस्ताव दर्ता गराएका छन् ।

यसपटक ती दलसँगै नेकपा एमालेबाट टुक्रिएर बनेको नयाँ पार्टी नेकपा एकीकृत समाजवादी पार्टीका सांसदले पनि महाअभियोग प्रस्ताव हस्ताक्षर गरेका छन् । गठबन्धनले लोकतन्त्र, मानवअधिकार, जनताको न्याय‚ विधिको शासन, संवैधानिक सर्वोच्चता एवं स्वतन्त्र निष्पक्ष र जिम्मेवार न्यायलयको जगेर्ना गर्न वर्तमान प्रधानन्यायाधीश अक्षम रहेको आरोप लगाएको छ। सर्वोच्च अदालत र न्यायालयभित्रै प्रधानन्यायाधीश जबराको कार्यकालमा विकृति विसङ्गति र भ्रष्टाचार बढेको तथा विचौलियाहरूले प्रवेश पाएको र विकृति बढाउँदै लगेको आरोप लगाइएको छ ।

कार्कीविरुद्धको महाअभियोग प्रस्ताव दर्ता गराउँदा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' हुनुहुन्थ्यो भने जबराविरुद्धको महाअभियोगमा शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ ।