२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङमा भिरबाट लडेर आमा र छोराको मृत्यु



(सांकेतिक तस्बिर)
अ+ अ-

काठमाडौं । धादिङमा भिरबाट लडेर आमा र छोराको मृत्यु भएको छ ।

जिल्लाको बेनिघाट रोराङ २ मासखर्ककी १९ वर्षीया अप्सरा चेपाङ र उनको छोराको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

भिरमा घाँस काट्न जाँदा २ वर्षीय छोरा लडेपछि छोरालाई उद्धार गर्ने क्रममा उनी पनि भिरबाट करिब ५० मिटर तल खसेर मृत्यु भएको प्रहरीले जनायो। उनी ८ महिनाकी गर्भवती थिइन् । उनको पेटमा रहेको बच्चाको पनि मृत्यु भएको छ ।

करिब ४ घण्टापछिको उद्धार गरी उनलाई मलेखु टिचिङ अस्पताल लगिएको थियो । तर अस्पताल पुर्‍याउने बित्तिकै डाक्टरले आमा र पेटमा भएको बच्चा दुबैलाई मृत घोषित गरेको थियो ।