• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ:  रेखा शर्मा (अन्तर्वार्ता) ★   वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले गुमायो तेस्रो विकेट, कुशल मल्ल ४ रन जोडेर आउट ★   नेपाललाई दोस्रो झट्का, कुशल भुर्तेल १ रनमै आउट ★   नाबालिका हत्या आरोपमा छिमेकी आमाछोरी पक्राउ ★   खमटिहानीका खरानीका घर फेरि बौरिने प्रतीक्षामा पीडित ★   नेपालले गुमायो पहिलो विकेट, आसिफ शून्य रनमै आउट ★   बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने ★   आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी: अध्यक्ष ढकाल ★   वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य ★   टाढाका विद्यार्थीलाई आवासीय सुविधा

गुजरातलाई हराउँदै चेन्नईले जित्यो आईपीएलको उपाधि



एजेन्सी । चेन्नई सुपर किंग्सले आईपीएल २०२३ को उपाधि जितेको छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको रोमाञ्चक फाइनलमा सीएसकेले गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै पाँचौं पटक उपाधि जितेको हो । २५ बलमा ४७ रन बनाएका चेन्नईका डेभोन कोनवे प्लेयर अफ दि म्याच भए ।

चेन्नईलाई अन्तिम दुई बलमा १० रन चाहिएको थियो । रविन्द्र जडेजाले पाँचौं बलमा छक्का र अन्तिम बलमा चौका प्रहार गर्दै सीएसकेलाई पाँचौं पटक आईपीएल च्याम्पियन बनाए ।

योसँगै कप्तान महेन्द्र सिंह धोनीले सबैभन्दा बढी आईपीएल उपाधि जित्नेमा रोहित शर्माको बराबरी गरेका छन् । उनको मुम्बई इन्डियन्सले पनि पाँच पटक उपाधि जितेको छ । धोनीले चेन्नईलाई पाँच पटक च्याम्पियन बनाएका छन् । चेन्नईले यसअघि २०१०, २०११, २०१८ र २०२१ मा उपाधि जितेको थियो ।

रिजर्भ डेमा खेलिएको फाइनल खेलमा धोनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । गुजरातले २० ओभरमा चार विकेट गुमाएर २१४ रन बनाएको थियो । साई सुदर्शनले ४७ बलमा ९६ रन बनाए । वर्षाका कारण चेन्नईले १५ ओभरमा १७१ रनको लक्ष्य दिएको थियो । टोलीले २० औं ओभरको अन्तिम बलमा ५ विकेट गुमाएर प्राप्त गरेको थियो ।

चेन्नईलाई अन्तिम ओभरमा १३ रन चाहिएको थियो । मोहित शर्माको अगाडि शिवम दुबे र रविन्द्र जडेजा स्ट्राइकमा थिए । मोहितले पहिलो डट बल गरे । त्यसपछि लगातार तीन बलमा एक–एक रन दिए । तर, अन्तिम दुई बलमा छक्का र चौका खाएपछि उपाधि चेन्नईतर्फ गयो ।

गुजरातका साई सुदर्शनले ४७ बलमा ९६ रनको इनिङ्स खेले । उनले ऋद्धिमान साहा र कप्तान हार्दिक पाण्ड्यासँग ५० रनको साझेदारी गरे । उनको इनिङ्सको आधारमा गुजरातले २० ओभरमा २१४ रन बनाएको थियो ।

ओपनरहरूको उत्कृष्ट सुरुवात पछि, चेन्नईका ३ ब्याट्सम्यानले २०० भन्दा बढीको स्ट्राइक रेटमा ब्याटिङ गरे । शिवम दुबेले २१ बलमा ३२ रन बनाएर अविजित रहे । उनका अलावा अजिंक्य रहाणेले २७, अम्बाती रायडुले १९ र जडेजाले १५ रन बनाए । यी सबै इनिङ्सको आधारमा चेन्नईले १५ ओभरमा १७१ रनको लक्ष्य पुरा गरेको थियो ।

गुजरातले पहिलो २ ओभरमा सुस्त सुरुवात गरेको थियो । तर तेस्रो ओभरबाट ऋद्धिमान साहा र शुभमन गिलले छिटो रन बनाउन थाले । दुवै खेलाडीले एक–एक जीवन पनि पाए, त्यसपछि दुवैले ठूला प्रहार गर्दै टोलीको स्कोर ६ ओभरमा ६२ रनमा पुर्याए । यी दुईबीच ६७ रनको साझेदारी थियो । गिल ३९ रन बनाएर आउट भए र यो साझेदारी टुट्यो ।

गुजरातका ऋद्धिमान साहाले ३६ बलमा अर्धशतक बनाए । उनले पावरप्ले ओभरमा नै ठूला सटहरू प्रहार गर्न थाले । उनले पहिले गिलसँग ६७ रनको साझेदारी गरे, त्यसपछि साई सुदर्शनसँग ६४ रनको साझेदारी गरे । उनी ३९ बलमा ५४ रन बनाएर दीपक चाहरको शिकार बने ।

शुभमन गिल पछि ३ नम्बरमा ब्याटिङ गर्न आएका साई सुदर्शनले स्थिर सुरुवात गरे । त्यसपछि १२ औं ओभरपछि स्पिनरहरूलाई ठूला प्रहार गर्न थाले । उनले ३३ बलमा आफ्नो अर्धशतक पूरा गरे । उनी २० औं ओभरमा ९६ रन बनाएर आउट भए ।

९ः३५ मा पहिलो इनिङ्स सकिएपछि दोस्रो इनिङ्स आधा घण्टा ढिलो सुरु भएको थियो । कलाकार भिभियन डिभाइनले बीचमा १० मिनेटको लागि प्रस्तुति दिए । जसका कारण २० मिनेट ढिलो गरी १०ः१० मा दोस्रो इनिङ्स सुरु भएको थियो । तर ३ बलपछि पानी पर्यो ।

१५ मिनेट मात्रै पानी परेको थियो तर मैदान भिजेको कारण १२ बजेर २५ मिनेटमा दोस्रो इनिङ्स सुरु भएको थियो । ५ ओभर घटाउँदै चेन्नईले १५ ओभरमा १७१ रनको लक्ष्य पायो ।

१५ ओभरमा १ सय ७१ रनको लक्ष्य पछ्याएको चेन्नईले डेभोन कोनवे र ऋतुराज गायकवाडबाट राम्रो सुरुवात गरेको थियो । दुवैले ४ ओभरमा मात्रै ५२ रन बनाएका थिए । ओभर घटाएपछि पावरप्ले पनि ४ ओभरमा मात्र सिमित गरिएको थियो । दुवैले ३९ बलमा ७४ रनको साझेदारी गरे । गायकवाड २६ रन बनाएर आउट भए र यो साझेदारी टुट्यो । सोही क्रममा कोनवे ४७ रन बनाएर आउट भए ।

चेन्नईका अजिंक्य रहाणे सेट भए । तर, मोहित शर्माले उनलाई इनिङ्सको ११ औं ओभरमा पेभिलियन पठाए । त्यसपछि १३ औं ओभरमा उनले २ छक्का र एक चौका प्रहार गरे तर एउटै ओभरमा अम्बाती रायडु र महेन्द्र सिंह धोनीलाई आउट गरे । उनले अन्तिम ओभरका पहिलो ४ बल पनि उत्कृष्ट बलिङ गरे । तर अन्तिम २ बलमा दुई ठूला शट लाग्दा उनको टोली गुजरातले खेल गुमाएको थियो ।

आईपीएलमा धोनीको यो २५० औं खेल हो । आईपीएलमा २५० खेल खेल्ने उनी पहिलो खेलाडी बने । उनीपछि रोहित शर्माले २४३ र दिनेश कार्तिकले २४२ खेल खेलेका छन् ।