• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   हाम्रो शरीरले कति गर्मी सहन सक्छ ? ★   ‘पुजार सार्की’को प्रिमियरमा प्रदीप खड्काले भने– वास्तविक जीवनमा नि छिट्टै विवाह हुन्छ ★   कालीगण्डकी करिडोर: बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति ★   चलचित्र ‘फर्की फर्की’को प्रिमियरपछि कलाकार: ‘अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म’ ★   कोलकाताका सह–मालिक शाहरुख खान अहमदाबादमा अस्पताल भर्ना ★   किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण ★   सन्दीपको भिसा प्रक्रियाका लागि क्यान तातियो, सांसद शाही पनि दौडधुपमा ★   सदरमुकाममा नै छैन पक्की पुल ★   कबड्डी टोली बंगलादेश प्रस्थान ★   दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा

रवीन्द्र मिश्र भन्छन्ः ‘आउँदो वर्ष गणतन्त्र दिवस नआवोस् !’



फाईल फोटो

आउँदो वर्ष
गणतन्त्र दिवस नआवोस्!

संसदको भूमिका भाडमे जाओस्,
नियम-कानून भाडमे जाओस्,
न्यायालय भाडमे जाओस्,
पदीय जिम्मेवारी भाडमे जाओस्,
प्रहरी, प्रशासन, अख्तियार, विद्यालय, विश्वविद्यालय, समाज भाडमे जाओस्,
धर्म, संस्कृति, सभ्यता भाडमे जाओस्,
युवाहरूको भविष्य भाडमे जाओस्,
गरिवको जीवन भाडमे जाओस्,
देशको अस्मिता भाडमे जाओस्,
मेरो र आफन्तको कल्याण होस्,
गणतन्त्र अमर रहोस्!
होइन त?

‘हो’ भन्नुहुन्छ भने त्यसको दुखद र दिर्घकालीन परिणाम हाम्रो पुस्ताले भन्दा पनि, यो भिडियोमा देखिएकी वालिकाको पुस्ताले भोग्नु पर्नेछ।

हामी त नेपालको इतिहासमैँ (असल नागरिकहरूलाई छोडेर) समग्रमा भन्नुपर्दा सबैभन्दा फटाह, सबैभन्दा भ्रष्ट, सबैभन्दा आडम्बरी, सबैभन्दा राष्ट्रघाती पुस्ता बनिसक्यौँ। कमसेकम यी वालिकाको पुस्तामाथि अपराध नगरौँ।

उनको पुस्ताका लागि बस्न योग्य देश छोडेर जाऊँ, जसका लागि “कुशन संस्था”का रूपमा संवैधानिक राजसंस्था अत्यावश्यक छ। अन्यथा, आन्तरिक र भूराजनीतिक संकट आईपर्दा सबै पक्षले भर पर्न सक्ने विश्वासीलो संस्था कुनै हुने छैन।

इतिहासका गल्तीहरूमा सबैले सबैलाई क्षमा दिऊँ। राजा, राजनीतिक दल र जनता एउटा “नवीन समझदारी”मा पुगौँ, अन्यथा यो देश र भावी पुस्तामाथि अक्षम्य अन्याय हुनेछ।

आउँदो वर्ष गणतन्त्र दिवस नआवोस्!

(रवीन्द्र मिश्रको ट्वीटबाट साभार)