२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवीन्द्र मिश्र भन्छन्ः ‘आउँदो वर्ष गणतन्त्र दिवस नआवोस् !’



फाईल फोटो
अ+ अ-

आउँदो वर्ष
गणतन्त्र दिवस नआवोस्!

संसदको भूमिका भाडमे जाओस्,
नियम-कानून भाडमे जाओस्,
न्यायालय भाडमे जाओस्,
पदीय जिम्मेवारी भाडमे जाओस्,
प्रहरी, प्रशासन, अख्तियार, विद्यालय, विश्वविद्यालय, समाज भाडमे जाओस्,
धर्म, संस्कृति, सभ्यता भाडमे जाओस्,
युवाहरूको भविष्य भाडमे जाओस्,
गरिवको जीवन भाडमे जाओस्,
देशको अस्मिता भाडमे जाओस्,
मेरो र आफन्तको कल्याण होस्,
गणतन्त्र अमर रहोस्!
होइन त?

‘हो’ भन्नुहुन्छ भने त्यसको दुखद र दिर्घकालीन परिणाम हाम्रो पुस्ताले भन्दा पनि, यो भिडियोमा देखिएकी वालिकाको पुस्ताले भोग्नु पर्नेछ।

हामी त नेपालको इतिहासमैँ (असल नागरिकहरूलाई छोडेर) समग्रमा भन्नुपर्दा सबैभन्दा फटाह, सबैभन्दा भ्रष्ट, सबैभन्दा आडम्बरी, सबैभन्दा राष्ट्रघाती पुस्ता बनिसक्यौँ। कमसेकम यी वालिकाको पुस्तामाथि अपराध नगरौँ।

उनको पुस्ताका लागि बस्न योग्य देश छोडेर जाऊँ, जसका लागि “कुशन संस्था”का रूपमा संवैधानिक राजसंस्था अत्यावश्यक छ। अन्यथा, आन्तरिक र भूराजनीतिक संकट आईपर्दा सबै पक्षले भर पर्न सक्ने विश्वासीलो संस्था कुनै हुने छैन।

इतिहासका गल्तीहरूमा सबैले सबैलाई क्षमा दिऊँ। राजा, राजनीतिक दल र जनता एउटा “नवीन समझदारी”मा पुगौँ, अन्यथा यो देश र भावी पुस्तामाथि अक्षम्य अन्याय हुनेछ।

आउँदो वर्ष गणतन्त्र दिवस नआवोस्!

(रवीन्द्र मिश्रको ट्वीटबाट साभार)