२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

थ्रिस्टारमाथि मनाङको जित, सातौं खेलपछि स्पष्ट अंक



अ+ अ-

काठमाडौँ । ललितपुरे टोली थ्री स्टार क्लवमाथि १–० को रोमाञ्चक जित निकाल्दा मनाङले पछिल्ला सात खेलपछि पहिलो जित निकालेको छ ।

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आईतवार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मनाङले थ्री स्टारलाई पराजित गर्दै आठौं खेलमा स्पष्ट अंक जोड्न सफल भएको हो । मनाङले पछिल्लो पटक १४ औं चरणमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लवलाई १–० ले पराजित गरेको थियो ।

आईतवार रंगशालामा निकै प्रतिष्पर्धात्मक बनेको खेलमा मनाङका चेतनकुमार थारुले ३८ औं मिनेटमा गरेको गोल निर्णायक भएको हो । पहिलो हाफमा अग्रता सुम्पिएको थ्री स्टारले दोस्रो हाफमा खेलमा फर्किन निकै संघर्ष गरेपनि सफल हुन सकेन र अंक सुम्पिन बाध्य बन्यो । यससँगै थ्री स्टारले पछिल्ला चार खेलमा लगातार चौथो हार भोग्न विवस भएको छ ।

जितसँगै मनाङ २२ खेलबाट २८ अंक जोड्दै दशौं स्थानमा उक्लिएको छ । लगातार ११ खेलमा जितबिहीन थ्री स्टार समान खेलबाट २६ अंकका साथ ११ औं स्थानमा झरेको छ ।

लिग अन्तर्गत आईतवार नै च्यासल मैदानमा भएको खेलमा न्युरोडटिम (एनआरटी) ले सातदोबाटो युथ क्लवमाथि २–१ को रोमाञ्चक जित निकाल्यो । एनआरटीलाई जित दिलाउन निकोलस सङ्ग र सनम लिम्बूले समान एक गोल गरे । सातदोबाटोका लागि शिव सुवेदीले एक गोल फर्काएका थिए । खेलको ६३ औं मिनेटमा सङ्गको गोलमार्फत एनआरटीले अग्रता लिएको थियो ।

सङ्गले कृतिश रत्न छुन्जूले डि बक्स भित्रबाट उपलब्ध गराएको पासलाई सदुपयोग गरेका थिए । ६७ औं मिनेटमा सनमले टोलीको अग्रता दोब्बर बनाए । सनमले कृतिशकै पासमा हेडरमार्फत जाली चुमाउन सफल भएका हुन् । दोहोरो अग्रतापछि केही रक्षात्मक देखिएको एनआरटी बिरुद्ध सातदोबाटो आक्रामक देखियो । ७७ औं मिनेटमा शिवले गोल गर्दै सातदोबाटोलाई खेलमा फर्काउने प्रयास गरे पनि बाँकी समयमा थप गोल हुन सकेन र अंक सुम्पिन बाध्य बन्यो ।

यस जितसँगै एनआरटीले लिगमा सातदोबाटोसँग पहिलो भेटमा व्यहोरेको हारको बदला लिएको छ । पहिलो भेटमा सातदोबाटो २–१ ले विजयी भएको थियो । जितसँगै एनआरटीले २२ खेलमा २९ अंक जोडेको छ । पराजय व्यहोरेको सातदोबाटोको समान खेलबाट २९ अंक नै छ ।

लिगमा सोमवार दुई खेल हुनेछन् । दशरथ रंगशालामा हुने पहिलो खेल हिमालयन शेर्पा र एफसी खुमलटार तथा दोस्रो खेल दशरथ रंगशालामा नै साँझ ६ बजे फ्रेण्ड्स र नेपाल पुलिस क्लवबीच प्रतिष्पर्धा हुनेछ ।

 




भर्खरै