• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   कलापरिषद्मा ‘देवीदेवता र तिनका बासस्थल’ ★   विद्यार्थी लिएर रारा गएको जिप दुर्घटना, १२ जना घाइते ★   सीता एयरको जहाजले ठक्कर दिँदा कर्मचारी घाइते ★   कैलाश सिरोहियामाथिको आरोप निराधार र त्रुटीपूर्ण छन्: विमलेन्द्र निधी ★   यस्तो देश जहाँ गाइको डकार र भेँडाको पिसाबमा कर तिर्नुपर्छ ★   हाम्रो शरीरले कति गर्मी सहन सक्छ ? ★   ‘पुजार सार्की’को प्रिमियरमा प्रदीप खड्काले भने– वास्तविक जीवनमा नि छिट्टै विवाह हुन्छ ★   कालीगण्डकी करिडोर: बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति ★   चलचित्र ‘फर्की फर्की’को प्रिमियरपछि कलाकार: ‘अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म’ ★   कोलकाताका सह–मालिक शाहरुख खान अहमदाबादमा अस्पताल भर्ना

थ्रिस्टारमाथि मनाङको जित, सातौं खेलपछि स्पष्ट अंक



काठमाडौँ । ललितपुरे टोली थ्री स्टार क्लवमाथि १–० को रोमाञ्चक जित निकाल्दा मनाङले पछिल्ला सात खेलपछि पहिलो जित निकालेको छ ।

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आईतवार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मनाङले थ्री स्टारलाई पराजित गर्दै आठौं खेलमा स्पष्ट अंक जोड्न सफल भएको हो । मनाङले पछिल्लो पटक १४ औं चरणमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लवलाई १–० ले पराजित गरेको थियो ।

आईतवार रंगशालामा निकै प्रतिष्पर्धात्मक बनेको खेलमा मनाङका चेतनकुमार थारुले ३८ औं मिनेटमा गरेको गोल निर्णायक भएको हो । पहिलो हाफमा अग्रता सुम्पिएको थ्री स्टारले दोस्रो हाफमा खेलमा फर्किन निकै संघर्ष गरेपनि सफल हुन सकेन र अंक सुम्पिन बाध्य बन्यो । यससँगै थ्री स्टारले पछिल्ला चार खेलमा लगातार चौथो हार भोग्न विवस भएको छ ।

जितसँगै मनाङ २२ खेलबाट २८ अंक जोड्दै दशौं स्थानमा उक्लिएको छ । लगातार ११ खेलमा जितबिहीन थ्री स्टार समान खेलबाट २६ अंकका साथ ११ औं स्थानमा झरेको छ ।

लिग अन्तर्गत आईतवार नै च्यासल मैदानमा भएको खेलमा न्युरोडटिम (एनआरटी) ले सातदोबाटो युथ क्लवमाथि २–१ को रोमाञ्चक जित निकाल्यो । एनआरटीलाई जित दिलाउन निकोलस सङ्ग र सनम लिम्बूले समान एक गोल गरे । सातदोबाटोका लागि शिव सुवेदीले एक गोल फर्काएका थिए । खेलको ६३ औं मिनेटमा सङ्गको गोलमार्फत एनआरटीले अग्रता लिएको थियो ।

सङ्गले कृतिश रत्न छुन्जूले डि बक्स भित्रबाट उपलब्ध गराएको पासलाई सदुपयोग गरेका थिए । ६७ औं मिनेटमा सनमले टोलीको अग्रता दोब्बर बनाए । सनमले कृतिशकै पासमा हेडरमार्फत जाली चुमाउन सफल भएका हुन् । दोहोरो अग्रतापछि केही रक्षात्मक देखिएको एनआरटी बिरुद्ध सातदोबाटो आक्रामक देखियो । ७७ औं मिनेटमा शिवले गोल गर्दै सातदोबाटोलाई खेलमा फर्काउने प्रयास गरे पनि बाँकी समयमा थप गोल हुन सकेन र अंक सुम्पिन बाध्य बन्यो ।

यस जितसँगै एनआरटीले लिगमा सातदोबाटोसँग पहिलो भेटमा व्यहोरेको हारको बदला लिएको छ । पहिलो भेटमा सातदोबाटो २–१ ले विजयी भएको थियो । जितसँगै एनआरटीले २२ खेलमा २९ अंक जोडेको छ । पराजय व्यहोरेको सातदोबाटोको समान खेलबाट २९ अंक नै छ ।

लिगमा सोमवार दुई खेल हुनेछन् । दशरथ रंगशालामा हुने पहिलो खेल हिमालयन शेर्पा र एफसी खुमलटार तथा दोस्रो खेल दशरथ रंगशालामा नै साँझ ६ बजे फ्रेण्ड्स र नेपाल पुलिस क्लवबीच प्रतिष्पर्धा हुनेछ ।