५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

विश्व स्वास्थ्य सङ्गठनद्वारा बढी मूल्य तिरी खोप खरीद् नगर्न आग्रह

विश्व स्वास्थ्य सङ्गठनद्वारा बढी मूल्य तिरी खोप खरीद् नगर्न आग्रह
अ+ अ-

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्व समुदायलाई बढी मूल्य तिरेर खोप खरीद नगर्न आग्रह गरेको छ । सङ्गठनले खोपको अभाव भइरहेको समय बढी मूल्य तिरेर खोप खरीद भएका सूचनाहरूलाई सम्बोधन गर्दै महामरीका समय मध्यस्थकर्ताहरूबाट अत्यधिक मूल्य निर्धारण गरी खोप खरीद गर्ने खतराबारे सोमबार चेतावनी दिएको हो ।

कोभिड–१९ उपचारका क्रममा प्रयोग गरिने उत्पादनको स्तर पहिचान गर्नु अतिआवश्यक रहेको पनि बताएको छ । “मध्यस्थहरूले निर्माता कम्पनीले बेचेकोभन्दा अत्यधिक बढी मूल्यमा खोप बिक्री गरिरहेका छन् भन्ने सूचनाहरू पाएका छौँ । यो पक्कै पनि चिन्ताको बिषय हो । यसप्रति विश्वास स्वास्थ्य संगठनको ध्यानाकर्षण भएको छ ।” औषधि तथा स्वास्थ्य सामग्री पहुँचका लागि सहायक निर्देशक औषधि पहुँच प्रत्याभूत गर्न बनेको संगठनको समितिका महानिदेशकले मारियान्गेला बटिस्टा गलभाओ सिमाओले पत्रकार सम्मेलनमा भन्नुभयो ।   

खोप किन्नका लागि मध्यस्थको भूमिकाको बिषयलाई संयुक्त अरब इमिरेट्समा हालै बिचौलियाले घाना र पाकिस्तानलाई स्पुतनिक खोपलाई वास्तविक मूल्यको दोब्बर मूल्य लिएर आपूर्ति गरेको समाचार बाहिरिएपछि संगठनले नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको बिषयमा यसो नगर्न चेतावनी दिएको हो ।

सिमाओले कुनै पनि मसुलुकले खोप तथा स्वास्थ्य सामग्रीको खारीद् गर्दा कि त कम्पनीमा सिधै सम्पर्क गर्ने वा मध्यस्थकर्ता वैध हो वा होइन प्रष्ट भएर मात्रै काम गर्न सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ ।

कोभिड खोप र स्वास्थ्य सामग्रीसँग जोडिएका यी बिषयमा धेरै भ्रम सिर्जना भएको अनेकौँ सामग्रीले स्वास्थ्य मापदण्ड अनुसार अनुसन्धान पूरा गरे नगरेको निश्चित गर्नको लागि निर्मातालाई सम्पर्क गर्नु बाञ्छनीय हुने उहाँले बताउनुभयो । उहाँले प्रमाणित खोप तथा स्वास्थ्य सामग्रीको प्रयोग सङ्क्रमणविरूद्धको अभियानमा आवश्यक भएको पनि उहाँले बताउनुभयो ।

नयाँ खोपहरू स्वीकृति दिन संगठनले प्रयोग गरेको आपतकालीन प्रयोग सूचीलाई उल्लेख गर्दै उहाँले भन्नुभयो, “कतिपय देशहरूले आपतकालिन प्रयोगका लागि अनुमतिको सूचीमा रहेका खोपहरूलाई अनसन्धान पूराभएपछि नतिजाका आधारमा स्थायी उपचार तथा रोकथामका लागि प्रक्रिया अघि बढाइनुपर्छ ।”

हालसम्म कोभिड–१९ को उपचारमा आपतकालिन प्रयोगका लागि डब्लुएचओले आठ खोपलाई मान्यता दिएको छ । सिनोफार्म र सिनोभ्याक  विश्वका धेरै देशहरूमा वितरण भइसकेका दुई चिनियाँ खोप हुन् । रासस