• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   ‘पुजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक, प्रमुख कलाकारले गरे कौडा नृत्य ★   धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान ★   फास्ट ट्रयाक समयमै सम्पन्न गर्न राज्य व्यवस्था तथा सुशासन समितिको सरकारलाई निर्देशन ★   वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिटै पतन हुन्छः काँग्रेस ★   कोशी प्रदेशः सङ्कल्प प्रस्ताव बहुमतले पारित ★   प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’ ★   केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु ★   पाकिस्तानमा वर्षाका कारण ७१ जनाको मृत्यु, ६७ घाइते ★   गण्डकी र सुदूरपश्चिममा प्रदेश प्रमुखले गैरकानूनी काम गरेको काँग्रेसको आरोप ★   प्रदेशसभा बैठकमा कांग्रेस सहभागी नहुने

चेल्सीविरुद्ध युनाइटेडको सानदार जित, च्याम्पियन्स लिग खेल्ने पक्का



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले सानदार जित निकालेको छ ।

गएराति भएको खेलमा युनाइटेडले चेल्सीलाई ४–१ गोलले पराजित गरेको हो । घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन कासेमिरो, एन्थोनी मार्सियल, ब्रुनो फर्नान्डेज र मार्कुस रोसफोर्डले एक–एक गोल गरे । चेल्सीका जोआओ फेलिक्सले एक गोल फर्काए ।

खेलको छैटौं मिनेटमा नै कासेमिरोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा मार्सियलले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे ।

यस्तै, ७३ औं मिनेटमा ब्रुनोले पेनाल्टीमार्फत गोल गर्दा युनाइटेड ३–० ले अघि बढ्यो । ७८ औं मिनेटमा रासफोर्डले गोल थप्दा युनाइटेड ४–० को अवस्थामा रह्यो । यता, ८९ औं मिनेटमा चेल्सीका लागि फेलिक्सले सान्त्वना गोल गरे ।

जितसँगै युनाइटेड तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसको ३७ खेलबाट ७२ अंक छ । साथै यो नतिजासँगै युनाइटेडले च्याम्पियन्स लिग खेल्ने भएको छ । चेल्सी भने ३७ खेलबाटै ४३ अंकका साथ तालिकाको १२ औं स्थानमा छ ।