९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्षस्थानको आर्सनलले जित निकालेको छ ।

गएराति भएको खेलमा आर्सनलले एभर्टनलाई उसकै घरेलु मैदानमा १–० गोलले हराएको हो । आर्सनललाई जित दिलाउन एकमात्र निर्णायक गोल भिक्टर ग्योकेरेसले गरे ।

उनले खेलको २७ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।

यता, दोस्रो स्थानको म्यान्चेस्टर सिटीले पनि जित निकाल्यो । उसले वेस्टहाम युनाइटेडलाई ३–० गोलले हरायो । घरेलु टोलिको जितमा एर्लिङ हालाण्डले दुई तथा टिज्जानी राइनडर्सले एक गोल गरे ।

खेलको ५ औं मिनेटमा नै हालाण्डले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा राइनडर्सले गोल थप्दै अग्रता दोब्बर पारे ।

यस्तै, ६९ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो तथा टोलिका लागि तेस्रो गोल गरे ।

शनिबार नै भएको अर्को खेलमा चेल्सीले न्युक्यासल युनाइटेडसँग २–२ गोलको बराबरी खेल्दं अंक बाँड्यो ।

दुई गोलले पछि परेको चेल्सी हारबाट भने जोगियो । खेलको चौंथो मिनेटमा नै निक वोल्टमेडले गोल गर्दै घरेलु टोलि न्युक्यासललाई सुरुवाती अग्रता दिलाए । २० औं मिनेटमा वोल्टमेडले नै गोल थप्दै न्युक्यासलको अग्रता दोब्बर पारे ।

तर, ४९ औं मिनेटमा रिस जेम्सले तथा ६६ औं मिनेटमा जोआओ पेड्रोले गोल गर्दै चेल्सीको हार टारे ।