काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्षस्थानको आर्सनलले जित निकालेको छ ।
गएराति भएको खेलमा आर्सनलले एभर्टनलाई उसकै घरेलु मैदानमा १–० गोलले हराएको हो । आर्सनललाई जित दिलाउन एकमात्र निर्णायक गोल भिक्टर ग्योकेरेसले गरे ।
उनले खेलको २७ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।
यता, दोस्रो स्थानको म्यान्चेस्टर सिटीले पनि जित निकाल्यो । उसले वेस्टहाम युनाइटेडलाई ३–० गोलले हरायो । घरेलु टोलिको जितमा एर्लिङ हालाण्डले दुई तथा टिज्जानी राइनडर्सले एक गोल गरे ।
खेलको ५ औं मिनेटमा नै हालाण्डले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा राइनडर्सले गोल थप्दै अग्रता दोब्बर पारे ।
यस्तै, ६९ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो तथा टोलिका लागि तेस्रो गोल गरे ।
शनिबार नै भएको अर्को खेलमा चेल्सीले न्युक्यासल युनाइटेडसँग २–२ गोलको बराबरी खेल्दं अंक बाँड्यो ।
दुई गोलले पछि परेको चेल्सी हारबाट भने जोगियो । खेलको चौंथो मिनेटमा नै निक वोल्टमेडले गोल गर्दै घरेलु टोलि न्युक्यासललाई सुरुवाती अग्रता दिलाए । २० औं मिनेटमा वोल्टमेडले नै गोल थप्दै न्युक्यासलको अग्रता दोब्बर पारे ।
तर, ४९ औं मिनेटमा रिस जेम्सले तथा ६६ औं मिनेटमा जोआओ पेड्रोले गोल गर्दै चेल्सीको हार टारे ।











