२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहटमा ७० वर्षीय वृद्धको गोली हानि हत्या



(सांकेतिक तस्बिर)
अ+ अ-

जनकपुरधाम । रौतहटमा ७० वर्षीय एक वृद्धको गोली हानी हत्या गरिएको छ । देबाही गोनाही-१ का शेख तैयाबको हत्या गरिएको हो ।

घरदेखि एक किलोमिटर दूरीमा लक्ष्मीनिया जाने सडकमा तैयबको शव भेटिएको इलाका प्रहरी कार्यालय गोनाहीका इन्सपेक्टर गोविन्द साहले बताए ।उनको टाउकोमा चोट देखिएको छ ।

मृतकका छोरा शेख असलमले गाउँकै मजहर आलम भनेर चिनिने मोगले आलममाथि हत्याको आरोप लगाएका छन् । तैयबका नाति शेख रिजवान मोगले आलको छोरीलाई लिएर बिहे गर्ने भन्दै सम्पर्कविहीन भएका थिए । १० दिनपछि मोगलेको छोरी इलाका प्रहरी कार्यालय गरुडामा हाजिर भइ तीनजनामाथि अपहरण तथा जबर्जस्ती करणी मुद्दा हालेकी थिईन्।

उक्त घटनापछि तैयब र मोगलेको दुश्मनी सुरू भएको शेख असलम बताउछन् । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ ।