२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहटमा ७० वर्षीय वृद्धको गोली हानि हत्या



(सांकेतिक तस्बिर)
अ+ अ-

जनकपुरधाम । रौतहटमा ७० वर्षीय एक वृद्धको गोली हानी हत्या गरिएको छ । देबाही गोनाही-१ का शेख तैयाबको हत्या गरिएको हो ।

घरदेखि एक किलोमिटर दूरीमा लक्ष्मीनिया जाने सडकमा तैयबको शव भेटिएको इलाका प्रहरी कार्यालय गोनाहीका इन्सपेक्टर गोविन्द साहले बताए ।उनको टाउकोमा चोट देखिएको छ ।

मृतकका छोरा शेख असलमले गाउँकै मजहर आलम भनेर चिनिने मोगले आलममाथि हत्याको आरोप लगाएका छन् । तैयबका नाति शेख रिजवान मोगले आलको छोरीलाई लिएर बिहे गर्ने भन्दै सम्पर्कविहीन भएका थिए । १० दिनपछि मोगलेको छोरी इलाका प्रहरी कार्यालय गरुडामा हाजिर भइ तीनजनामाथि अपहरण तथा जबर्जस्ती करणी मुद्दा हालेकी थिईन्।

उक्त घटनापछि तैयब र मोगलेको दुश्मनी सुरू भएको शेख असलम बताउछन् । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ ।