• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   आगलागीमा करोडौँको क्षति ★   एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गराउनुपर्छ: अध्यक्ष ओली ★   छात्राको शरिरबाट गोलि निकालियो, कस्तो छ अहिले अवस्था ? ★   पर्यटन,आइटी,जलविद्युत, सिमेन्ट उद्योग र कृषि क्षेत्रलाई प्रवद्र्धन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन

आईपीएलको १५ वर्षमा पहिलो पटक ९ रेकर्डहरु बने



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को यो सिजन रेकर्ड ब्रेकर सावित भएको छ । यस सिजनमा यस्ता नौ कीर्तिमान बनेका छन्, जुन १५ वर्षको लिगको इतिहासमा पहिलो पटक बनेका छन् ।

१. ९ खेलमा एक मात्र प्लेइङ–१२ (प्लेइङ–११ र इम्प्याक्ट प्लेयर) साथ उत्रियो चेन्नई सुपर किंग्सको टोली
एजेन्सी । यो सिजन चेन्नईले लिग चरणमा १४ खेल खेलेको छ र एउटा प्लेअफ खेल पनि खेलेको छ । यीमध्ये ९ खेलहरूमा, चेन्नई केवल एक प्लेइङ–१२ (प्लेइङ–११ र इम्प्याक्ट प्लेयर) साथ मैदानमा उत्रिएको थियो । गुजरात टाइटन्सले यो सिजन १४ मध्ये ४ खेलमा कुनै परिवर्तन गरेको छैन । १० मध्ये पाँच टोली यस्तो थिए कि उनीहरूले प्लेइङ–१२ मा हरेक पटक परिवर्तन गरेको देखियो ।

यस सिजनबाट नै इम्प्याक्ट प्लेयरको सुरुवात गरिएको छ । त्यसैले यो रेकर्ड बन्न बाध्य थियो । लिग चरणका १४ मध्ये ९ खेलमा टिम कम्बिनेशन परिवर्तन नगर्नु चेन्नईको उत्कृष्ट योजना हो ।

२. एकै दिनमा चार पटक २०० माथि स्कोर गरियो
आईपीएल २०२३ मा, ३० अप्रिलमा डबल हेडर (२ खेलहरु) खेलहरू खेलिएका थिए । यी खेलका चारै पारीमा २००ं माथि स्कोर (कुल ८२७ रन) बनाइयो । आईपीएलको इतिहासमा पहिलो पटक एकै दिनमा चार पटक २०० माथिको स्कोर बन्यो । यी खेलहरू चेन्नई विरुद्ध पञ्जाब र राजस्थान विरुद्ध मुम्बई थिए ।

३. पञ्जावले लगातार चार पटक २०० भन्दा बढी रन बनायो
पञ्जाब आईपीएल २०२३ को लिग चरणबाट बाहिरिएको भए पनि टोलीले आफ्नो नाममा विशेष कीर्तिमान बनाएको छ । पञ्जावले लगातार चार खेलमा २०० माथिको रन बनायो । पञ्जाव किंग्स लिगको इतिहासमा यस्तो गर्ने पहिलो टोली बनेको छ । पञ्जावले मे ३ मा मुम्बई इन्डियन्स विरुद्ध २१४ रन बनाएको थियो, जसलाई मुम्बईले ७ बल बाँकी राखेर पछ्यायो । यो खेलअघि दुवै टोलीले तीन–तीन खेलमा २००ं रन बनाएका थिए ।

यसअघि आईपीएलमा कुनै पनि टोलीले ब्याटिङमा यस्तो गर्न सकेको थिएन । पञ्जावपछि मुम्बईले अर्को इनिङ्समा पनि यो उपलब्धि दोहोर्‍यायो । एमआई लिगमा यस्तो गर्ने दोस्रो टोली बनेको छ ।

४. पञ्जावले अन्तिम बलमा तीन रन बनाएर कीर्तिमान बनायो
आईपीएल २०२३ को ४१ औं खेल चेपौक स्टेडियममा चेन्नई र पञ्जावबिच खेलिएको थियो । टस जितेर ब्याटिङ गरेको चेन्नईले २०० रन बनाएको थियो भने पञ्जावले २०१ रनको लक्ष्य दिएको थियो । यस खेलमा पन्जावले अन्तिम बलमा तीन रन जोडेर जित हासिल गरेको थियो । टोलीका अलराउन्डर सिकन्दर रजाले अन्तिम बलमा तीन रन बनाए । आईपीएलको इतिहासमा यो पहिलो पटक भएको हो जब कुनै टोलीले अन्तिम बलमा तीन रन बनाएर जित्यो ।

५. मात्र ७ बल खेलेर प्लेयर अफ द म्याच बने फिलिप्स
सिजनको ५२औँ खेल राजस्थान रोयल्स र सनराइजर्स हैदरावादबीच मे ७ मा जयपुरमा भएको थियो । हैदरावादले राजस्थानविरुद्धको जितमा ग्लेन फिलिप्सले प्लेयर अफ द म्याचको अवार्ड जित्न सात बल मात्र खेलेका थिए । उनले २५ रन बनाए । यसअघि आईपीएलमा यति थोरै बल खेलेर कुनै खेलाडी प्लेयर अफ द म्याच बनेका थिएनन् ।

६. २३ ब्याट्सम्यानले छक्का लगाएर आफ्नो पारी सुरु गरे
यस आईपीएलमा पञ्जावका ब्याट्सम्यान शाहरुख खानले पहिलो बलमा ३ पटक छक्का प्रहार गरेका थिए । जितेश शर्माले यो उपलब्धि दुई पटक गरे । निकोलस पूरन र यशस्वी जैसवालले सिजनको पहिलो बलमा दुई पटक छक्का प्रहार गरेका थिए । यस सिजनमा जम्मा २३ ब्याट्सम्यानले छक्का लगाएर आफ्नो पारी सुरु गरेका थिए । जुन आईपीएलको कुनै पनि सिजनको सबैभन्दा ठूलो अंक हो ।

७. इतिहासमा पहिलो पटक १२० पटक बाउन्ड्रीको ह्याट्रिक लाग्यो
आईपीएल २०२३ मा १२० पटक बाउन्ड्री (चौका–छक्का) को ह्याट्रिक भएको छ । बल लगातार तीन वा सोभन्दा बढी पटक बाउन्ड्री रेखाभन्दा बाहिर गएको यो अहिलेसम्मकै उच्च अंक हो । सन् २०२२ को सिजनमा १०२ पटक ब्याट्सम्यानले लगातार तीन वा सोभन्दा बढी बलमा बाउन्ड्री प्रहार गरेका थिए ।

यशस्वी जैसवाल र सूर्यकुमार यादवले यो सिजन सात पटक यस्तो उपलब्धि हासिल गरेका छन् । निकोलस पूरनले ६ पटक यस्तो गरेका छन् । गुजरातविरुद्धको आफ्नो अविजित १०१ रनको क्रममा विराट कोहलीले यश दयाललाई लगातार तीन चौका प्रहार गरे । आईपीएलका चार सिजनमा कोहलीले तीनवटा ब्याक टू ब्याक बाउन्ड्री प्रहार गरेको यो पहिलो पटक हो ।

८. यो सिजनको ४० अर्धशतक २५ बल वा सोभन्दा कममा आयो
यस सिजनमा २५ बल वा सोभन्दा कममा ४० अर्धशतक बनेका छन् । यी ४० अर्धशतक २८ ब्याट्सम्यानले बनाएका छन् । यसअघि यस मामिलामा पहिलो नम्बरमा २०१८ को सिजन थियो, जहाँ १९ पटक २५ या त्योभन्दा कममा अर्धशतक बनेको थियो । त्यो सिजन १६ ब्याट्सम्यानले २५ वा सोभन्दा कम बलमा ५० रन बनाएका थिए ।

९. चेन्नईका बलरले एक इनिङमा १३६ बल फ्याँके, जुन लिग इतिहासकै सबैभन्दा लामो इनिङ्स
चेपौक स्टेडियममा ३ अप्रिलमा लखनउ सुपरजायन्ट्सविरुद्ध खेलिएको खेलमा चेन्नईका बलरहरूले कुल १३६ बल फ्याँके । एउटा टोलीले खेलको एक इनिङमा १२० बल बलिङ गर्नुपर्ने हुन्छ, त्योभन्दा १६ बल बढी भयो । आईपीएलको इतिहासमा बलको हिसाबले यो सबैभन्दा लामो इनिङ्स हो । यस खेलमा चेन्नईका बलरले १३ वाइड र तीन नो बल गरेका थिए ।