७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सारा र शुभमन गिलले एकअर्कालाई गरे ‘अनफलो’



अ+ अ-

एजेन्सी । केही समय अघिसम्म बलिउड अभिनेत्री सारा अली खान र क्रिकेटर शुभमन गिलको अफेयरको चर्चा थियो । दुवैको गोप्य भेटघाटको भिडियो सार्वजनिक भएपछि उनीहरुको प्रेम सम्बन्धको चर्चा सुरु भएको थियो ।

यद्यपि, दुबैले यसबारेमा आधिकारिक धारणा भने दिएका छैनन् । अहिले दुवैले सामाजिक सञ्जालमा एकअर्कालाई अनफलो गरेको सुनिएको छ ।

टेलि चक्करमा प्रकाशित रिपोर्ट अनुसार यो जोडीले इन्स्टाग्राममा एकअर्कालाई अनफलो गरेका छन् । यससँगै दुवैले फेरि एकपटक फ्यानको ध्यान तानेका छन् । यस्तो युगमा जहाँ सेलिब्रेटीहरूको कमेन्ट र लाइकले उनीहरूको सम्बन्धको न्याय गर्छ । त्यहाँ दुबै सेलिब्रेटीले एकअर्कालाई अनफलो गरेकोले फ्यानको दिमागमा धेरै प्रश्न खडा गरिरहेको छ । सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताहरूले दुवैलाई यसबारे प्रश्न पनि गरेका छन् ।

व्यक्तिगत जीवनको कुरा गर्ने हो भने शुभमनको नाम सधैं सारा अली खान र सचिन तेन्दुलकरकी छोरी सारा तेन्दुलकरसँग जोडिने गरेको छ । कतिपयले अभिनेत्री साराका लागि सारा तेन्दुलकरसँग ब्रेकअप गरेको ठान्छन् । जबकि कतिपय विश्वास गर्छन् कि शुभमन दुवैसँग स्वस्थ र मित्रवत सम्बन्ध राख्छन् ।

शुभमन र सारा अली खानको सम्बन्ध गत वर्ष सोनम बाजवाको टक शो ‘दिल दिया गल्लन’ मा पुगेपछि चर्चामा आएको थियो । उनले सारालाई बलिउडको सबैभन्दा फिट अभिनेत्री भने । यति मात्र होइन, जब उनलाई सम्बन्धको बारेमा सोधिएको थियो, उनले भने, ‘साराको सारा सत्य कुरा गर्दैछु, हुनसक्छ पनि, सायद होइन पनि…’ त्यसयता उनीहरुको सम्बन्धको चर्चा चलेको थियो । अर्कोतर्फ साराको वर्कफ्रन्टको कुरा गर्ने हो भने, उनी अहिले आफ्नो आगामी फिल्म ‘जरा हटके जरा बचके’ को प्रमोशनमा व्यस्त छिन् ।