६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक १६.४९ अंकले वृद्धि



symbolic picture
अ+ अ-

काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचक १६.४९ अंकले वृद्धि भएको छ ।

पछिल्लो एक सातादेखि लगातार रुपमा उकालो लागेको नेप्से बुधवार पनि निरन्तरता पाएको छ । बुधवार नेप्से परिसूचक १६.४९ अंक बढेर १९५९.१२ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ३.५८ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७८ अंकले बढेको छ ।

बु्धवार कारोबारमा आएका २७० कम्पनीको ४८ लाख ६५ हजार कित्ता शेयर १ बर्अ ८७ करोड ३० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचक बढेपनि बुधवार कारोबार रकम भने सामान्य घटेको छ । मंगलवारको कारोबारमा २ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमू्ह उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । जसमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ४.६९ प्रतिशत, होटल तथा प्रशोधन उपसमूहको परिसूचक करिव साढे ४ प्रतिशत र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ । तर यता फाइनान्स,जलविद्युत र मेच्यण्ड फण्ड उपसूचको भने घटेको छ ।

बुधवार नेप्से परिसूच बढेसँगै दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र यनिलिभर नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, शिवम् सिमेन्ट्स,स्वाभिमान लघुवित्त, युनाइटेड इन्स्योरेन्सको शयेर मूल्य बढेको छ । तर यता सानिमा इक्विटी फण्डको ३.७७ प्रतिशत घटेको छ। बुधवार शिवम् सिमेन्ट्स कम्पनीको १४ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।