• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo
Latest
★   बटलरको शतकमा राजस्थानले २२४ रनको लक्ष्य पछ्याउँदै कोलकातालाई हरायो ★   प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई स्काइवाक टावरमा छुट ★   निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री ★   के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो? ★   स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल ★   एक खेल अगावै नेपाल समूह विजेता, सेमिफाइनलमा युएईसँग खेल्ने सम्भावना ★   जरिवाना तिर्न ट्राफिक कार्यालय जानुपर्ने बाध्यता हट्दै ★   राजनीतिक स्थितिको प्रभाव कानुन निर्माणमा छ: अध्यक्ष दाहाल ★   काश्मिरमा डुङ्गा डुब्दा छ को मृत्यु, अझै धेरै बेपत्ता ★   १५ महिना भित्र तीन पटक विश्वासको मत लिनु बिडम्वना: प्रधानमन्त्री

शरणार्थी प्रकरण सरकारका लागि परीक्षा– गगन थापा



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले जसरी नामहरु आउन थालेको छ, यसले लाज पनि लजाएको जस्तो भएको बताउनुभएको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा उहाँले भन्नुभयो, “यो प्रकरणमा को को परेको हो ? को को नपरेको हो ?सुन्दासुन्दै हाम्रो वरिपरि भएका, जिम्मेवारी लिइरहेका मानिसहरु एकपछि अर्को तानिँदै जाने हो कि जस्तो लाग्न थालेको छ ।”

यसमा सरकारको परीक्षा छ, अनुसन्धान कसरी भइरहेको छ भन्नेबारे सबै नागरिकले हेरिरहेका छन् भन्दै उहाँले भन्नुभयो, “चाहे सलाम गर्ने मान्छे होस्, चाहे सलामी लिने मान्छे होस्, जसलाई छोएको छ, जसको नाम आएको छ, त्यसको निष्पक्ष अनुसन्धान हुनुपर्छ । अनुसन्धान भएन, मैले गरिनँ भन्ने कुराले कसैले पनि मुक्ति पाउने अवस्था छैन ।”

सरकारको परीक्षा सकिएपछि न्यायालयको परीक्षा सुरु हुने उहाँको भनाइ थियो । “न्यायालयले पनि मैले न्याय गरेँ भनेर मात्र पाउँदैन, न्यायको अनुभूति हुनुपर्छ । यो राज्यविरुद्धको अपराधमा संलग्न भएको एक–एक मान्छे, चाहे घरको मान्छे होस्, चाहे बार्दलीको मान्छे होस्, चाहे नेता होस्, चाहे नाता होस्, चाहे सलाम गर्ने होस्, चाहे सलामी लिने होस् । एक जना मान्छे पनि छुट्नु हुँदैन । दूधको दूध, पानीको पानी हुनुपुर्छ, आम नागरिकले चाहेको यही हो”, महामन्त्री थापाले भन्नुभयो ।

सरकारले गरेको अनुसन्धान निष्पक्ष भएको छ भन्ने भयो भने वाहवाही गर्ने हो भन्दै उहाँले कहीँ न कहीँ लकपकाएको छ भन्ने भयो भने विकल्पको खोजी हुने र यसबारे प्रश्न उठ्ने बताउनुभयो ।