२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

शरणार्थी प्रकरण सरकारका लागि परीक्षा– गगन थापा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले जसरी नामहरु आउन थालेको छ, यसले लाज पनि लजाएको जस्तो भएको बताउनुभएको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा उहाँले भन्नुभयो, “यो प्रकरणमा को को परेको हो ? को को नपरेको हो ?सुन्दासुन्दै हाम्रो वरिपरि भएका, जिम्मेवारी लिइरहेका मानिसहरु एकपछि अर्को तानिँदै जाने हो कि जस्तो लाग्न थालेको छ ।”

यसमा सरकारको परीक्षा छ, अनुसन्धान कसरी भइरहेको छ भन्नेबारे सबै नागरिकले हेरिरहेका छन् भन्दै उहाँले भन्नुभयो, “चाहे सलाम गर्ने मान्छे होस्, चाहे सलामी लिने मान्छे होस्, जसलाई छोएको छ, जसको नाम आएको छ, त्यसको निष्पक्ष अनुसन्धान हुनुपर्छ । अनुसन्धान भएन, मैले गरिनँ भन्ने कुराले कसैले पनि मुक्ति पाउने अवस्था छैन ।”

सरकारको परीक्षा सकिएपछि न्यायालयको परीक्षा सुरु हुने उहाँको भनाइ थियो । “न्यायालयले पनि मैले न्याय गरेँ भनेर मात्र पाउँदैन, न्यायको अनुभूति हुनुपर्छ । यो राज्यविरुद्धको अपराधमा संलग्न भएको एक–एक मान्छे, चाहे घरको मान्छे होस्, चाहे बार्दलीको मान्छे होस्, चाहे नेता होस्, चाहे नाता होस्, चाहे सलाम गर्ने होस्, चाहे सलामी लिने होस् । एक जना मान्छे पनि छुट्नु हुँदैन । दूधको दूध, पानीको पानी हुनुपुर्छ, आम नागरिकले चाहेको यही हो”, महामन्त्री थापाले भन्नुभयो ।

सरकारले गरेको अनुसन्धान निष्पक्ष भएको छ भन्ने भयो भने वाहवाही गर्ने हो भन्दै उहाँले कहीँ न कहीँ लकपकाएको छ भन्ने भयो भने विकल्पको खोजी हुने र यसबारे प्रश्न उठ्ने बताउनुभयो ।