८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा १० को पाठ्यक्रमबाट सन्दुक रूइतको जीवनी हटाएकोप्रति एमाले सांसदको आपत्ति



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सदस्य रघुजी पन्तले कक्षा १० को नेपाली विषयको पाठ्यक्रमबाट सन्दुक रुइतको जिवनी हटाइएको भन्दै शिक्षा मन्त्रीसँग हटाइनुको कारण माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा शुन्य समयमा बोल्दै उहाले यस्तो माग गर्नुभएको हो ।

उहाँले भन्नुभयो – ‘कक्षा १० को नेपाली पाठ्यक्रममा डा. सन्दुक रुइतको बारेमा लेखिएको ८ पृष्ठको जिवनी पढाइन्थ्यो । त्यो पाठ्यपुस्तकबाट हटाइयो । डा. सन्दुक रुइतको जिवनी, उहाँको कारणले हाम्रो देशको इज्जत बढेको छ । त्यो जिवनी पढाउन आवश्यक भएर राखिएको थियो । किन त्यो जिवनी हटाइयो शिक्षामन्त्रीले यसबारेमा स्पष्ट जवाफ दिनुहोस् भन्ने चाहान्छु ।

‘अर्कोकुरा, कालिकोटको पतालझरना गाउँपालिकामा जहाँ प्रधानमन्त्रीको पार्टीले चुनाव जितेको छ । त्यहाँ ६ देखि ८ कक्षासम्मको पाठ्यक्रममा सशस्त्र द्वन्द माओवादी जनयुद्ध बारे, त्यसको सकारात्मक प्रभावबारे विभिन्न अध्याय राखेर कोर्सबुकमा राखिएको छ । यो काम कसैले पनि नगरौँ । एमालेले झापा बिद्रोह बारे, कांग्रेसले १८ सालको सशस्त्र संघर्ष बारे, राप्रपाले पञ्चायत र राजतन्त्र बारे कोर्स बुकमा राख्नथाल्यो भने आ–आफुले ?’