७ श्रावण २०८३, बिहीबार
,
Latest
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा १० को पाठ्यक्रमबाट सन्दुक रूइतको जीवनी हटाएकोप्रति एमाले सांसदको आपत्ति



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सदस्य रघुजी पन्तले कक्षा १० को नेपाली विषयको पाठ्यक्रमबाट सन्दुक रुइतको जिवनी हटाइएको भन्दै शिक्षा मन्त्रीसँग हटाइनुको कारण माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा शुन्य समयमा बोल्दै उहाले यस्तो माग गर्नुभएको हो ।

उहाँले भन्नुभयो – ‘कक्षा १० को नेपाली पाठ्यक्रममा डा. सन्दुक रुइतको बारेमा लेखिएको ८ पृष्ठको जिवनी पढाइन्थ्यो । त्यो पाठ्यपुस्तकबाट हटाइयो । डा. सन्दुक रुइतको जिवनी, उहाँको कारणले हाम्रो देशको इज्जत बढेको छ । त्यो जिवनी पढाउन आवश्यक भएर राखिएको थियो । किन त्यो जिवनी हटाइयो शिक्षामन्त्रीले यसबारेमा स्पष्ट जवाफ दिनुहोस् भन्ने चाहान्छु ।

‘अर्कोकुरा, कालिकोटको पतालझरना गाउँपालिकामा जहाँ प्रधानमन्त्रीको पार्टीले चुनाव जितेको छ । त्यहाँ ६ देखि ८ कक्षासम्मको पाठ्यक्रममा सशस्त्र द्वन्द माओवादी जनयुद्ध बारे, त्यसको सकारात्मक प्रभावबारे विभिन्न अध्याय राखेर कोर्सबुकमा राखिएको छ । यो काम कसैले पनि नगरौँ । एमालेले झापा बिद्रोह बारे, कांग्रेसले १८ सालको सशस्त्र संघर्ष बारे, राप्रपाले पञ्चायत र राजतन्त्र बारे कोर्स बुकमा राख्नथाल्यो भने आ–आफुले ?’