३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभा कपः नेपालको सुखद् शुरुवात



अ+ अ-

काठमाडौँ । सोमवारबाट नेपालमा शुरु भएको काभा महिला च्यालेन्ज कप प्रतियोगितामो नेपालले विजयी शुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सोमवार भएको खेलमा नेपालले पाहुना टोली किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । घरेलु कोर्ट र समर्थकका साथ पाएको नेपालले शुरुवातबाट नै किर्गिस्तानलाई दबाबमा राख्दै खेलेको थियो । सो क्रममा नेपालले किर्गिस्तानमाथि पहिलो सेट २५–११ ले पक्षमा पारेको थियो ।

दोस्रो सेटमा केही सुधारिएको खेल देखाएपछि किर्गिस्तानमाथि नेपाल हाबी नै रह्यो । २५–१९ ले पक्षमा पार्दै २–० ले अगाडि बढेको नेपालले तेस्रो सेटमा २५–११ ले आफ्नो बनाउँदै पहिलो खेलमा सुखद् शुरुवात गरेको हो । जित सँगै समूह ए मा रहेको नेपालले स्पष्ट तीन अंक जोडेको छ । किर्गिस्तानले भने हारबाट प्रतियोगिताको शुरुवात गरेको छ । अब नेपालले दोस्रो खेलमा मंगलवार बंगलादेशको सामना गर्नेछ ।

यस्तै च्यालेन्ज कपको समूह ‘बी’ मा उज्वेकिस्तान र समूह ए अन्तर्गतको खेलमा भारतले विजयी शुरुवात गरेका छन् । कभर्डहलमा भएको पहिलो खेलमा उज्वेकिस्तानले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दा भारतले पनि बंगलादेशलाई सोझै सेटमा स्तब्ध बनायो ।

पहिलो सेटमा २७–२५ को प्रतिष्पर्धात्मक जित निकालेको उज्वेकिस्तानले दोस्रो सेटमा २५–१५ को सहज जित निकाल्यो । पहिलो सेटमा कठिन चुनौति दिएर पनि जित्न नसकेको श्रीलंकाले त्यसपछि पुनरागमन गर्न असफल भएको थियो । श्रीलंकाबिरुद्ध हाबी बनेको उज्वेकिस्तानले तेस्रो सेटमा २५–१३ को सहज जित निकाल्दै प्रतियोगितामा राम्रो शुरुवात गरेको हो । यस्तै, भारतसामु निरीह बनेको बंगलादेश २५–३, २५–९ र २५–६ को सेटमा पराजित भयो ।