• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत भएका छन् ।

सोमबार बसेको बैठकले यादवलाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो ।

पार्टी अध्यक्षसमेत रहेका यादव वैशाख १० को उपनिर्वाचनमा बारा– २ बाट निर्वाचित भएका थिए । यसअघिका संसदीय दलका नेता रामसहाय प्रसाद यादव थिए । उनी उपराष्ट्रपति बनेपछि सो पद रिक्त थियो ।