९ पुष २०८२, बुधबार
,
Latest
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नीति तथा कार्यक्रमलाई खारेज गर्ने र अर्को ल्याउनुपर्छ भन्ने माग उचित छैन: वामदेव गौतम



अ+ अ-

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संविधानसम्मत प्रश्तुत गरेको नीति तथा कार्यक्रमलाई खारेज गर्ने र अर्को नीति तथा कार्यक्रम ल्याउन माग गर्नु उचित नभएको बताउनुभएको छ ।

सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सदस्य गौतमले यस्तो बताउनुभएको हो ।

सरकारले प्रश्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रमको पुन:लेखन गरी ल्याउनुपर्ने माग गर्नुभएको थियो । साथै संघीय संसदका दुवै सदनमा नेकपा एमालेका सांसदहरुले नीति तथा कार्यक्रम पुन: लेखन गरी प्रश्तुत गर्नुपर्ने बताइरहेका छन् ।

बैठकमा सदस्य गौतमले भने नेकपा संवैधानिक रुपमा नीति, कार्यक्रम प्रश्तुत गर्ने अधिकार तात्कालिक सरकारलाई नै हुने भएकाले यस्तो माग जायज नरहेको जिकिर गर्नुभयो । उहाँले नीति तथा कार्यक्रममा एक वर्ष भित्र सम्पन्न हुने र ५ वर्षसम्मै लैजान सकिने योजनाहरु अघि सारिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रम एक वर्ष भित्र सम्पन्न हुने र ५ वर्षसम्मै लैजान सकिने नीति तथा कार्यक्रम र योजनाहरु अघि सारिएका छन् । यस्तो अवस्थालाई आश्चर्य मान्नुपर्ने कारण छैन । संवैधानिक रुपमा नीति, कार्यक्रम प्रश्तुत गर्ने अधिकार तात्कालिक सरकारलाई नै हुन्छ, नीति तथा कार्यक्रमसँग सहमत हुन नसक्ने राजनीतिक पार्टीहरुले प्रश्तुत नीति कार्यक्रम समर्थन गर्ने र बिरोध गर्ने अधिकार राख्दछन् । तर संविधानसम्मत प्रश्तुत गरेको नीति तथा कार्यक्रमलाई खारेज गर्ने र अर्को नीति तथा कार्यक्रम लेउ भनेर माग गर्नु संविधानसम्मत छैन । संविधान लेखनमा भुमिका खेलेका र अत्यन्त महत्वपूर्ण भुमिका निर्वाह गरेका नेताहरुले पनि प्रश्ताव राख्दा मलाई त्यति जचेन ।’

राष्ट्रिय सभा सदस्य गौतमले सरकारको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई चासो दिएको नपाएको बताउनु भयो ।