• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

बालकृष्ण खाँणसँग हिरासतमा मञ्जुको भेट



काठमाडौँ । नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा हिरासतमा रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई भेट्न उहाँकी पत्नी मञ्जु खाँण आज काठमाडौँ प्रहरी परिसर टेकु पुग्नुभएको छ ।

गत वैशाख २७ गते पक्राउ परे पनि पूर्वगृहमन्त्रीसमेत रहेका खाँणलाई भेट्न उहाँकी पत्नी मञ्जु जानुभएको थिएन । प्रहरीले आज अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउँदैछ । आजै मञ्जु पतिलाई भेट्न जानुभएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले मञ्जुलाई पनि मुछेका थिए । त्यसयता उहाँ सम्पर्कविहीन भएकी थिइन् । तर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन उहाँ संसद्मा देखिनुभएको थियो ।