• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

१ हजार ७५ किताब लेखेर गिनिज बूक अफ वर्ल्ड रेकर्ड्समा नाम दर्ज गराउन सफल !



एजेन्सी । गिनिज बूक अफ वर्ल्ड रेकर्ड्समा नाम दर्ज गराएका इनुएले अहिलेसम्म १ हजार ७५ वटा पुस्तक लेखिसकेका छन् । ब्राजिली लेखक र्‍योकी इनुएले संसारमा सबभन्दा धेरै किताब लेखेर कीर्तिमान बनाएका हुन्। 

उनले आफ्नै नाममा अनि ३९ वटा छद्मनाममा पुस्तकहरू प्रकाशन गरेका छन्। सेक्वेसरियो फास्ट फूड नामक पुस्तक उनले जम्मा एक रातमा लेखेर सकेका हुन् । 

उनको यस प्रचुर रचनाशक्तिका बारेमा उनी बताउँछन्, ‘पुस्तक रचना गर्नु भनेको ९८ प्रतिशत मेहनत, १ प्रतिशत प्रतिभा र १ प्रतिशत भाग्य हो । आफूलाई अनुशासित गर्नु पनि अत्यन्त आवश्यक छ । म एउटा पुस्तक लेख्न कम्प्युटरमा बसेपछि नसिध्याइकन प्रायः उठ्दिनँ ।’

पोर्चुगाली भाषामा कलम चलाउने इनुएको आफ्नै वेबसाइट समेत छ । एउटा किताब नसकुन्जेल उनी दिनरात नभनी लेख्ने गर्छन् ।