• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ फेरि बन्यो विश्वकै प्रदूषित शहर ★   पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ: सभापति राणा ★   नेपालको मौसम र अहिलेको राजनीति उस्तैउस्तै हो: अध्यक्ष नेपाल ★   नेपालको आतिथ्यताबाट खुसी छौं – आन्द्रे फ्लेचर ★   आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने ★   चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्रीको निर्माण ★   धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी ★   कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक ★   त्रिवि मैदानमा अभ्यास गर्दै वेस्ट इन्डिज ‘ए’ टोली (फोटोफिचर) ★   प्रचण्ड गर्मीकाबीच भारतमा दोस्रो चरणको मतदान सुरु

नेप्से परिसूचक उकालो यात्रामा



symbolic picture

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै छ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलब ८८ अङ्कले उकालो लागेर एक हजार आठ सय ८३ दशमलव २० मा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव १४ अङ्कले उकालो लागेर तीन सय ५८ दशमलव ३३ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपमूहको शेयर मूल्यमा गिरावट आउँदा नौ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ ।
कूल ४८ लाख २८ हजार सात सय ७६ कित्ता शेयर रु एक अर्ब ६० करोड चार लाख ९२ हजार सात सय ३१ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु छ करोड १७ लाख ६५ हजार चार सय ८० बराबरको शेयर कारोबार भयो ।

यस्तै राष्ट्रिय बीमा कम्पनी रु पाँच करोड २८ लाख ९९ हजार सात सय ५३, तारागाउँ रिजेन्सी होटल रु चार करोड एक लाख ३३ हजार पाँच सय ३१, नागरिक लगानी कोष रु तीन करोड ७० लाख ९२ हजार र नेपाल दूरसञ्चार कम्पनी रु तीन करोड ६४ लाख ९० हजार पाँच सय ६४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार राष्ट्रिय बीमा कम्पनी र आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । सनराइज फोकस्ड इक्विटी फण्ड सात दशमलव ८०, पोखरा फाइनान्स छ दशमलव १६ र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले पाँच दशमलव ५७ प्रतिशतले कमाएका छन् ।

यसैगरी आर्दश लघुवित्त छ दशमलव ५६, ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलो पाँच दशमलव १८, मन्दाकिनी हाइड्रोपावर चार, राप्ती हाइड्रोपावर तीन दशमलब ९५ र एनबीबीएल डिवेञ्चरका लगानीकर्ताले तीन दशमलव ९४ प्रतिशतले गुमाएका छन् ।