• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ ★   अशोक राई नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता ★   पार्टी विभाजनसम्बन्धी चलेको हल्लामा सत्यता छैन – एकीकृत समाजवादी ★   राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति म्याद एक वर्ष थप्ने सरकारको निर्णय ★   मूलपानी क्रिकेट रंगशालाको डिपीआर प्रस्तुती ★   क्रिकेट बलले गुप्तांगमा लागेर ११ वर्षीय बालकको निधन ★   परराष्ट्र मन्त्रालयसँग सम्बन्धित समस्याहरुको समाधान गर्न मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण ★   गण्डकी सरकारमा एमालेका २ मन्त्री थपिए ★   मुस्ताङका च्याङग्राको भुवा परीक्षण ★   चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

प्रधानमन्त्री प्रचण्ड दुई महिनामै सरकारको मुटु प्रत्यारोपणतिर लाग्नुभो– ओली



काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई महिनामै सरकारको मुटु प्रत्यारोपण गरेको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले आफूले प्रधानमन्त्री बनाएपछि प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रमकै आधारमा सरकारको गन्तव्य हेरिएको बताउनुभयो ।

जनआकांक्षाको सम्बोधन र सरकारको गन्तव्य नै मार्गचित्र नै नीति तथा कार्यक्रम हो भन्दै उहाँले भन्नुभयो, “एमालेको निर्णायक पहलमा सात दलको प्रधानमन्त्रीको प्रस्तावमा नियुक्त हुनुभएको प्रधानमन्त्रीज्यू। भलै दुई महिना नपुग्दै सरकारको मुटु प्रत्यारोपणतिर लाग्नुभयो। मुटु प्रत्यारोपण भइसकेपछि नेतृत्व उहाँकै भएकाले नीति तथा कार्यक्रमको समर्थन गर्ने प्रयासका साथ मैले सुने र पढेँ। तर, नीति कार्यक्रम के उद्देश्य र गन्तव्यको लागि आएको छ रुरु मैले पहिल्याउने कोसिस गरेँ। तर, त्यस्तो छैन।”