४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

मोनालिसा चित्रकलाको प्रतिकृति करोडौँ रुपैयाँमा लिलाम हुँदै

मोनालिसा चित्रकलाको प्रतिकृति करोडौँ रुपैयाँमा लिलाम हुँदै
अ+ अ-

एजेन्सी । रेमन्ड हेकिङले मोनालिसाको प्रतिकृति सन् १९५० को दशकमा एक कलाविक्रेतासँग किनेका थिए लिओनार्दो दा भिन्चीले बनाएको प्रख्यात चित्रकला मोनालिसाको एउटा प्रतिकृति प्यारिसमा विक्री हुन लागेको छ। उक्त कलाकृतिले तीन लाख पाउन्डसम्म अर्थात् झन्डै ४.९ करोड नेपाली रुपैयाँ मूल्य पाउने अपेक्षा गरिएको छ।

उक्त कृति दा भिन्चीका एक अनुयायीले अठारौँ शताब्दीको सुरुतिर बनाएको विश्वास गरिन्छ। पछि रेमन्ड हेकिङ नामक व्यक्तिको स्वामित्वमा पुगेकाले हिजोआज त्यो कृतिलाई 'मोनालिसा हेकिङ' भनेर चिनिन्छ। हेकिङको मृत्यु सन् १९७७ मा भयो। उनले अहिले लूभ्र सङ्ग्रहालयमा भएको मोनाालिसाको चित्र वास्तविक नभएको आशङ्का व्यक्त गरेका थिए। त्यति मात्र हैन उनले सङ्ग्रहालयलाई त्यहाँ भएको चित्रकला वास्तविक मोनालिसा भएको प्रमाणित गर्न चुनौती दिएका थिए।

यो प्रतिकृति प्यारिसस्थित क्रिस्टीज् लिलामघरमा विक्री हुनेछ। क्यान्भासमा बनाइएको उक्त कला हेकिङले नीसस्थित एक कलाविक्रेतासँग सन् १९५० को दशकमा किनेका थिए।

दृष्टिविहीन कलापारखीले यसरी मोनालिसाको मजा लिन्छन् "यो कृति अनि यसको इतिहासले मोनालिसा र लिओनार्दो दा भिन्चीको गौरवप्रतिको रुचि देखाउँछन," क्रिस्टीज्‌ले एउटा विज्ञप्तिमा भनेको छ।

ओल्ड मास्टर पेन्टिङ्सका अन्तर्राष्ट्रिय निर्देशक प्येअर एट्येनलाई उद्धृत गर्दै क्रिस्टीज्‌ले भनेको छः मोनालिसा हेकिङ "एक कलानुरागी व्यक्तिको सपना हो। त्यो ती व्यक्तिको आदर्श हो।"

"कला इतिहासकार र विश्वभरिको सञ्चारमाध्यममा रेमन्ड हेकिङ त्यसको (मोनालिसा हेकिङको) निष्ठावान् रक्षक थिए।" केही महिना बन्द भएपछि लूभ्र सङ्ग्रहालयमा मोनालिसा हेर्न कला पारखीहरू फेरि जान थालेका छन् ।

मोनालिसालाई संसारकै सर्वाधिक प्रसिद्ध कृति मानिन्छ। पुनर्जागरण कालका इटलीका कलाकार लिओनार्दो दा भिन्चीलाई अहिलेसम्मकै एक महान् चित्रकार मानिन्छ।उनले उक्त कृति सत्रौँ शताब्दीमा बनाएका थिए।

सन् १९११ मा मोनालिसा लूभ्र सङ्ग्रहालयबाट चोरी हुँदा संसारभरि ठूलो हल्लाखल्ला मच्चियो। सङ्ग्रहालयका एक कर्मचारी उक्त कला चोर्न रातभरि दराजभित्र लुकेका थिए। तर सन् १९१३ मा उनले पुरानो सामान सङ्कलन गर्ने एक व्यापारीलाई बेच्न खोज्दा मोनालिसा फेला पर्‍यो।

दुई वर्षअघि 'अर्लिअर मोनालिसा' नामक एउटा चित्रकलाको स्वामित्वबारे ठूलो विवाद भयो। उक्त कृति सन् १९६० को दशकमा लन्डनस्थित एउटा घरमा अगेनोमाथि भेटिएको थियो।