• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य सेवा



काठमाडौँ । सरकारले स्वास्थ्य विमा कार्यक्रम पुनरावलोकन गर्ने भएको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच विस्तार गर्ने पनि उल्लख गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सो नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै प्रत्येक वडामा आधारभूत स्वास्थ्य परीक्षण तथा उपचारसहितको स्वास्थ्य केन्द्र स्थापना गर्ने बताउनु भयो । नीति तथा कार्यक्रममा अशक्त, असहाय, र ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर आधारभूत स्वास्थ्यसेवा प्रदान गर्ने भनिएको छ ।

राष्ट्रपति पौडेलले भन्नु भयो, ‘गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकका पहुँच स्थापना गरिनेछ । स्वास्थ्य विमा कार्यक्रमको पुनरावलोकन गरिनेछ । प्रदेश स्तरमा सेन्टर फर एक्सिलिएन्सको रुपमा र राष्ट्रिय तथा प्रदेश स्तरमा टेलिमेडिसिन स्थापना गरिनेछ । प्रत्येक वडामा आधारभूत स्वास्थ्य परीक्षण उपचार सहितको स्वास्थ्य केन्द्र स्थापना गरिनेछ ।

अशक्त, असहाय र ज्येष्ठ नागरिकलाई घरदैलोमै आधारभूत स्वास्थ्य प्रदान गरिनेछ । आधारभूत अस्पतालमा काम गर्ने चिकित्सकलाई उच्च चिकित्सा शिक्षामा अध्ययनको अवसर दिइनेछ । संक्रमक रोगविरुद्ध अभियान र नसर्ने रोगको उपचारका लागि विशेष कार्यक्रम संचालन गरिनेछ ।’