२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले १३ वर्षपछि आइसिसीको प्रतियोगिता आयोजना गर्दै



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपालमा आगमी नोभेम्बरमा टि २० विश्वकप एसिया क्षेत्र छनोट आयोजना हुने भएको छ। नेपालले १३ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को प्रतियोगिता आयोजना गर्न लागेको हो ।

नेपालले पछिल्लो पटक सन् २०१० मा डिभिजन फाइभ आयोजना गरेको थियो । उक्त प्रतियोगिताको फाइनमा नेपालले अमेरिकालाई ५ विकेटले हराउँदै पहिलो पटक आइसिसीको सिनियरतर्फ उपाधि जितेको थियो । त्यसपछि भने नेपाललमा आइसिसीको प्रतियोगिता हुन सकेको थिएन ।

नेपालले आइसिसीको सिरिजको रुपमा विश्व क्रिकेट लिग च्याम्पियनसिप २०१५/१७ र आइसिसी लिग-२ अँतर्गतको २०१९/२३ सिरिज भने घरेलु मैदानमा आयोजना गरेको थियो । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले टियु मैदानमा २०१६ अप्रिलमा नामिबिया र २०१७ मार्चमा केन्यासँग समान दुई खेल खेलेको थियो ।

आइसिसी विश्वकप लिग २ मा नेपालले २०२० फेब्रुअरीमा अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज खेलेको थियो । त्यस्तै २०२३ फेब्रुअरीमा स्कटल्यान्ड र नामिबियासँग प्रतिस्पर्धा गरेको थियो भने मार्चमा युएई र पपुवा न्युगिनीसँग खेलेको थियो ।

 

यस्तै, अघिल्लो महिना नेपालले एसियन क्रिकेट काउन्सिल (एसिसी) को खेल १० वर्षपछि आयोजना गरेको थियो । जसमा घरेलु टिम नेपालले उपाधि हात पार्दै भारत र पाकिस्तानसँग एसिया कपमा भेट पक्का गरेको थियो । एसिया कप आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुदैछ ।

त्यसैगरी नेपालले २०१३ मा एसिसी टि२० कप आयोजना गरेको थियो । २०१३ मार्चमा भएको उक्त प्रतियोगिता फाइनलमा नेपाल अफगानिस्तानसँग ७ विकेटले हारेको थियो ।

नेपालले अब नोभेम्बर १ देखि १० सम्म आइसिसी टि२० विश्वकप एसिया छनोट आयोजना गर्दैछ । प्रतियोगितामा बहराइन, नेपाल, सिंगापुर, हङकङ, ओमान, युएई र एसिया उपक्षेत्र छनोट ए र बी का विजेता हुनेछन् ।

उप क्षेत्र छनोट ए आगमी सेप्टेम्बरमा कतारमा आयोजना हुनेछ ।जसमा घरेलु टोली कतारसँगै साउदीअरेविया, माल्दिभ्स र कुवेत हुनेछन् । यस्तै, उपक्षेत्र छनोट बी जुलाईमा मलेसियामा आयोजना हुनेछ । जसमा मलेसिया, भुटान, चीन र म्यानमार र थाईल्यान्ड हुनेछन् ।

आइसिसी टि२० एसिया कपको फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा वेस्टइन्डिज र अमेरिकामा हुने टि२० विश्वकप खेल्न पाउँछन् । नेपालले सन् २०१४ मा पहिलो पटक बंगलादेशमा भएको टि२० विश्वकप खेलेको थियो। घरेलु मैदानमा आयोजना हुने खेल जिते नेपालले २०१४ पछि पहिलोपटक टि२० विश्वकप खेल्नेछ ।