२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिमा द्वन्द्वमात्र होइन मेलमिलाप पनि हुन्छ : मुख्यमन्त्री गुरुङ



अ+ अ-

पोखरा । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूलाई विश्वासको मत दिएमा प्रदेशलाई एकतावद्ध बनाएर अघि बढ्ने बताएका छन् । बिहिवार प्रदेशसभाको बैठकमा विश्वासको मत माग्दै राजनीति द्वन्द्वको विषय मात्र नभई मेलमिलाप र एताको विषय पनि भएको उल्लेख गरेका हुन् । 

‘हालसम्म प्रदेशले प्राप्त गरेको उपलब्धी सुरक्षित गर्दै समृद्ध प्रदेशको महान अभियानका लागि मलाई विश्वासको मत दिनुस्, म सबैलाई एकतावद्ध बनाउँछु’ उनले भने ।

आफूले विश्वासको मत पाए नीति तथा कार्यक्रम र बजेट पेश गर्ने अन्यथा संविधानको व्यवस्था अनुसार अगाडि बढ्ने उनले बताए ।

प्रदेशसभामा नेकपा एमालेबाहेकका दलको बहुमत नपुग्ने भन्दै त्यो कुरा एक महिनाअघि नै प्रमाणित भइसकेको दावी गरे ।