३१ भाद्र २०८३, बुधबार
,
Latest
जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिइने ‘पृथ्वीराजमार्गको अलाइनमेन्ट नै परिवर्तन गर्नुपर्ने अवस्था छैन’–जैसी प्रतिनिधि सभा नियमावलीका विवादित प्रावधान कार्यान्वयनमा सर्वोच्चको रोक चामे–बेँसीसहर सडक अवरुद्ध इन्द्रध्वजको प्रतीक आइपुग्यो भोटाहिटीमा, शनिबार नगर प्रवेश गराइने दुर्घटनामा एक जनाको मृत्यु प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिमा द्वन्द्वमात्र होइन मेलमिलाप पनि हुन्छ : मुख्यमन्त्री गुरुङ



अ+ अ-

पोखरा । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूलाई विश्वासको मत दिएमा प्रदेशलाई एकतावद्ध बनाएर अघि बढ्ने बताएका छन् । बिहिवार प्रदेशसभाको बैठकमा विश्वासको मत माग्दै राजनीति द्वन्द्वको विषय मात्र नभई मेलमिलाप र एताको विषय पनि भएको उल्लेख गरेका हुन् । 

‘हालसम्म प्रदेशले प्राप्त गरेको उपलब्धी सुरक्षित गर्दै समृद्ध प्रदेशको महान अभियानका लागि मलाई विश्वासको मत दिनुस्, म सबैलाई एकतावद्ध बनाउँछु’ उनले भने ।

आफूले विश्वासको मत पाए नीति तथा कार्यक्रम र बजेट पेश गर्ने अन्यथा संविधानको व्यवस्था अनुसार अगाडि बढ्ने उनले बताए ।

प्रदेशसभामा नेकपा एमालेबाहेकका दलको बहुमत नपुग्ने भन्दै त्यो कुरा एक महिनाअघि नै प्रमाणित भइसकेको दावी गरे ।