२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

विज्ञको आग्रह :२०२२ सम्म फेसबुक म्यासेन्जर प्रयोग नगर्नुस्



अ+ अ-

एजेन्सी। लोकप्रिय च्याट एप फेसबुक म्यासेन्जर प्रयोग नगर्न आग्रह गरेका छन् । साइबर सुरक्षा विज्ञ ज्याक डोफम्यानले अर्को वर्ष (२०२२) सम्म इन्ड-टु-इन्ड इन्क्रिप्सन लागू नहुँदासम्म यसबाट टाढा रहन सुझाएका हुन् । अहिले फेसबुक म्यासेन्जर प्रयोग गरी च्याट गर्नु भनेको जोखिममा पर्नु हो ।

उनले लेखेका छन्, ‘हामी धेरैलाई थाहा नहुन सक्छ फेसबुक म्यासेन्जरमा हालसम्म इन्ड–टु–इन्ड इन्क्रिप्सन सेवा स्वतः रुपमा लागू गरिएको छैन । तपाईंले आफैंले सेटिङमा गएर यसलाई प्राइभेट कन्भर्सेसन गर्न भने सक्नुहुनेछ । तर, यो फिचर ग्रुप च्याटमा छैन ।’

‘तपाईंले आफ्ना व्यक्तिगत कुराकानी ह्वाट्सएप, सिंगललगायतका सुरक्षित एपबाट गर्न सक्नुहुन्छ,’ डोफम्यानले फोर्ब्समा लेख लेख्दै भनेका छन्, ‘सुन्दा अच्चम्म लाग्न सक्छ । तर, यो यथार्थ हो । अहिले दुई डिभाइसबाट म्यासेन्जरमा हुने कुराकानी तेस्रो पक्षले पहुँच राख्न सक्छ ।’

यो सुरक्षा कमजोरीको विषयमा फेसबुक कम्पनी पनि जानकार छ । केही समय अघिमात्रै उसले म्यासेन्जरमा पनि इन्ड–टु–इन्ड इन्क्रिप्सन सर्भिस उपलब्ध गराउने घोषणा गरेको छ । यो फिचर आगामी वर्ष २०२२ मा प्रयोगकर्तामाझ उपलब्ध हुने अपेक्षा गरिएको छ ।