• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   २४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु ★   दिल्लीले राजस्थानलाई २० रनले हरायो, राजस्थानले प्लेअफका लागि अन्य खेल कुर्नुपर्यो ★   आज मातातीर्थ औँशी : मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो ★   पिएसजीलाई पाखा लगाउँदै डर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा ★   अन्तर कलेज फुटसल प्रतियोगिता एक्सन स्पोर्ट एचडी १ च्यानलले प्रत्यक्ष प्रशारण गर्ने ★   विद्यालय बससँग मोटरसाइकल ठोक्किँदा दुईको निधन, दुई घाइते ★   मातातीर्थ मेला सुरु, चन्द्रागिरिमा भोलि बिदा ★   म दोषी भए फासीमा चढाईयोस्, ८ वर्षले पुग्दै पुग्दैनः सन्दीप लामिछाने ★   एमाले रसुवा जिल्ला अध्यक्षमा ढकाल ★   नेकपा एसको निष्कर्षः सरकारमा हाम्रो निरन्तरता कायम रहन्छ

शरणार्थी प्रकरण : गृहकै गाडीमा विचौलियाले ओसार्थे पैसा



file photo

काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोज्ने गिरोहले गृह मन्त्रालयकै गाडीमा पैसा ओसारपसार गरेको अनुसन्धानमा भेटिएको छ । प्रहरीले त्यसरी दुरुपयोग गरिएको गृहको बा।१झ १५८१ नम्बरको सरकारी गाडी बरामद गरेको छ । यो समाचार आजको नयाँ प्रत्रिकामा प्रकाशित छ ।

सो गाडी गृह मन्त्रालयअन्तर्गतको नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँको भएको खुलेको छ । मियाँको समेत गिरोहसँग निकटता देखिएको छ, उनी प्रहरीको सम्पर्कमा आएका छैनन् ।

‘सेतो नम्बर प्लेटको गाडी प्रयोग गर्दा सहज हुने भएकाले बिचौलियाले पटक–पटक गृहको गाडी प्रयोग गरेको देखियो,’ अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीले भने, ‘बोरामा राखेर पैसा ओसारपसार पनि यसैमा भएको पक्राउ परेका अभियुक्तले बताएका छन् ।’

विभिन्न व्यक्तिलाई पैसा बुझाउने वेला सोही गाडी प्रयोग भएको थियो । मोटो रकम निजी गाडीमा ओसारपसार हुँदा जोखिम हुने भएकाले गिरोहले गृहको गाडी प्रयोग गरेको थियो । पीडितहरूसँग उठाएर करोडौँ रकम उनीहरूले उच्चपदस्थलाई बुझाएका थिए । त्यही गाडीमा राखेर पैसा ओसारपसार गरेको अभियुक्तहरूले बयानमै बताएका छन् ।

साथै बिचौलियाहरूले पीडितहरूलाई विश्वासमा पार्न पनि सो गाडी प्रयोग गरेको पाइएको छ । चितवन, विराटनगरलगायत ठाउँमा सोही गाडी लिएर गई पीडितहरूलाई फाराम भराउनेदेखि फोटो खिच्नेसम्म काम भएको थियो । सो गाडीमा गृहको परिचयपत्र भिरेका केही कर्मचारी पनि संलग्न रहेको पीडितले उजुरीमा दिएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले अनुसन्धानका लागि गृहको गाडी बरामद गरिएको पुष्टि गरे । ‘ठगीको उद्देश्यले गृहले त्यो गाडी दुरुपयोग गरेको पाइएपछि अनुसन्धानका लागि ल्याइएको हो,’ उनले भने । स्रोतका अनुसार अपराधमा प्रयोग भएका अन्य केही गाडी पनि बरामद भएका छन् । कतिपय अवस्थामा निजी गाडीमै समेत सरकारी नम्बर प्लेट राखेर उनीहरूले प्रयोग गर्दथे ।

हज कमिटीका अध्यक्ष मियाँले समेत आफ्नो गाडी प्रयोग गर्न दिएर गिरोहलाई सघाएको प्रहरी अनुसन्धानमा देखिएको छ । मियाँ २९ पुस ०७५ मा पहिलोपटक हज कमिटीको अध्यक्षमा नियुक्त भएका थिए । त्यतिवेला रामबहादुर थापा ‘बादल’ गृहमन्त्री थिए । बादल पनि हाल छानबिनमा छन् । अर्घाखाँचीको बालकोट घर भएका हज कमिटीका अध्यक्ष मियाँ एमाले नेता टोपबहादुर रायमाझीका निकट हुन् । रायमाझीकै जोडबलमा उनी त्यहाँ नियुक्त भएको स्रोत बताउँछ । रायमाझीकै जोडबलमा त्यसअघि उनी मुस्लिम आयोगको सदस्य पनि भएका थिए ।

सुरुमा दुई वर्षलाई हज कमिटीमा नियुक्त भएका मियाँ त्यसयता निरन्तर अध्यक्ष छन् । प्रहरीले अनुसन्धान थालेको चाल पाएपछि उनी मोबाइल स्विच्ड अफ गरेर सम्पर्कविहीन छन् । प्रहरीलाई अनुसन्धानमा सहयोग नगरे उनलाई मतियारका रूपमा मुद्दा चलाउने तयारी भइरहेको छ ।