२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

शरणार्थी प्रकरण : गृहकै गाडीमा विचौलियाले ओसार्थे पैसा



file photo
अ+ अ-

काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोज्ने गिरोहले गृह मन्त्रालयकै गाडीमा पैसा ओसारपसार गरेको अनुसन्धानमा भेटिएको छ । प्रहरीले त्यसरी दुरुपयोग गरिएको गृहको बा।१झ १५८१ नम्बरको सरकारी गाडी बरामद गरेको छ । यो समाचार आजको नयाँ प्रत्रिकामा प्रकाशित छ ।

सो गाडी गृह मन्त्रालयअन्तर्गतको नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँको भएको खुलेको छ । मियाँको समेत गिरोहसँग निकटता देखिएको छ, उनी प्रहरीको सम्पर्कमा आएका छैनन् ।

‘सेतो नम्बर प्लेटको गाडी प्रयोग गर्दा सहज हुने भएकाले बिचौलियाले पटक–पटक गृहको गाडी प्रयोग गरेको देखियो,’ अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीले भने, ‘बोरामा राखेर पैसा ओसारपसार पनि यसैमा भएको पक्राउ परेका अभियुक्तले बताएका छन् ।’

विभिन्न व्यक्तिलाई पैसा बुझाउने वेला सोही गाडी प्रयोग भएको थियो । मोटो रकम निजी गाडीमा ओसारपसार हुँदा जोखिम हुने भएकाले गिरोहले गृहको गाडी प्रयोग गरेको थियो । पीडितहरूसँग उठाएर करोडौँ रकम उनीहरूले उच्चपदस्थलाई बुझाएका थिए । त्यही गाडीमा राखेर पैसा ओसारपसार गरेको अभियुक्तहरूले बयानमै बताएका छन् ।

साथै बिचौलियाहरूले पीडितहरूलाई विश्वासमा पार्न पनि सो गाडी प्रयोग गरेको पाइएको छ । चितवन, विराटनगरलगायत ठाउँमा सोही गाडी लिएर गई पीडितहरूलाई फाराम भराउनेदेखि फोटो खिच्नेसम्म काम भएको थियो । सो गाडीमा गृहको परिचयपत्र भिरेका केही कर्मचारी पनि संलग्न रहेको पीडितले उजुरीमा दिएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले अनुसन्धानका लागि गृहको गाडी बरामद गरिएको पुष्टि गरे । ‘ठगीको उद्देश्यले गृहले त्यो गाडी दुरुपयोग गरेको पाइएपछि अनुसन्धानका लागि ल्याइएको हो,’ उनले भने । स्रोतका अनुसार अपराधमा प्रयोग भएका अन्य केही गाडी पनि बरामद भएका छन् । कतिपय अवस्थामा निजी गाडीमै समेत सरकारी नम्बर प्लेट राखेर उनीहरूले प्रयोग गर्दथे ।

हज कमिटीका अध्यक्ष मियाँले समेत आफ्नो गाडी प्रयोग गर्न दिएर गिरोहलाई सघाएको प्रहरी अनुसन्धानमा देखिएको छ । मियाँ २९ पुस ०७५ मा पहिलोपटक हज कमिटीको अध्यक्षमा नियुक्त भएका थिए । त्यतिवेला रामबहादुर थापा ‘बादल’ गृहमन्त्री थिए । बादल पनि हाल छानबिनमा छन् । अर्घाखाँचीको बालकोट घर भएका हज कमिटीका अध्यक्ष मियाँ एमाले नेता टोपबहादुर रायमाझीका निकट हुन् । रायमाझीकै जोडबलमा उनी त्यहाँ नियुक्त भएको स्रोत बताउँछ । रायमाझीकै जोडबलमा त्यसअघि उनी मुस्लिम आयोगको सदस्य पनि भएका थिए ।

सुरुमा दुई वर्षलाई हज कमिटीमा नियुक्त भएका मियाँ त्यसयता निरन्तर अध्यक्ष छन् । प्रहरीले अनुसन्धान थालेको चाल पाएपछि उनी मोबाइल स्विच्ड अफ गरेर सम्पर्कविहीन छन् । प्रहरीलाई अनुसन्धानमा सहयोग नगरे उनलाई मतियारका रूपमा मुद्दा चलाउने तयारी भइरहेको छ ।