१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्चीको पानी वितरण दुई साता बन्द हुने



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि दुुई साताका लागि मेलम्चीको पानी वितरण बन्द गरिने भएको छ । सिन्धुपाल्चोकको हेलम्बु–१ मा रहेको आयोजनाको मुहान तथा हेडवर्क्समा उपकरण जडान तथा मर्मत गर्नुपर्ने भएकाले पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

आयोजनाकाअनुसार सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको हो । यसअघि २०७७ साल चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायी रुपमा काठमाण्डौ उपत्यकामा वितरण गरिएको थियो । २०७८ जेठ मसान्तमा मेलम्ची खोलामा आएको बाढी/पहिरोले मुख्य सुरुङ बाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो ।

मर्मत सम्भार गरेर फेरि २०७८ चैतमा दोस्रो पटक मेलम्चीको पानी वितरण गरिएको थियो । त्यसपछिको वर्षामा बन्द गरिएको पानी वितरण गएको मंसिरदेखि फेरि सुरु गरिएको थियो ।