२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेन्नई र कोलकाता भिड्दैः चेन्नईले जिते प्लेअफमा, कोलकाता ‘गर या मर’को स्थितीमा



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज दोहोरो हेडर खेल हुँदैछ । आजको दोस्रो खेल चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदैछ ।

यी दुई टोलीबीचको खेल चेन्नईको एमए चिदम्बरम स्टेडियममा बेलुका ७ः४५ बजे सुरु हुनेछ ।

यो खेल जितेर चेन्नई प्लेअफमा प्रवेश गर्ने पहिलो टोली बन्नेछ भने कोलकाता प्लेअफको दौडबाट बाहिरिने छ । त्यसैले कोलकाताका लागि यो गर या मरको प्रतिस्पर्धा हो । दुवै टोली सिजनमा दोस्रो पटक भिड्दैछन् । यसअघि दुवै ३३औं खेलमा आमनेसामने भएका थिए । जसमा चेन्नई ४९ रनले विजयी भएको थियो ।

आजको पहिलो खेल राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच जयपुरको सवाई मानसिंह स्टेडियममा हुनेछ । यो खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

चेन्नईले यो सिजन अहिलेसम्म १२ खेल खेलेको छ । जसमा उसले सात खेलमा जित र चार खेलमा हार बेहोरेको थियो भने एक खेल वर्षाका कारण अनिर्णित रह्यो । टोलीको हाल १५ अंक छ । डेभन कोनवे, मोइन अली, महिश तिक्षाना र मिचेल सेन्टनर कोलकाताविरुद्धको टोलीका ४ विदेशी खेलाडी हुन सक्छन् । यी बाहेक तुषार देशपाण्डे, ऋतुराज गायकवाड र रविन्द्र जडेजाजस्ता खेलाडी उत्कृष्ट लयमा छन् ।

कोलकाताले यो सिजन हालसम्म खेलेका १२ खेलमध्ये ५ जित र ७ हारेको छ । टोलीको १० अंक छ । चेन्नई विरुद्धको टोलीका ४ विदेशी खेलाडी जेसन रोय, रहमानउल्लाह गुरबाज, आन्द्रे रसेल र सुनिल नारायण हुन सक्छन् । यी बाहेक वरुण चक्रवर्ती, वेंकटेश अय्यर र रिंकु सिंहले टोलीका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

हेड टु हेडको कुरा गर्ने हो भने चेन्नई र कोलकाताबीच अहिलेसम्म कुल २८ खेल खेलिएको छ । जसमध्ये १८ खेल चेन्नई र ९ खेल कोलकाताले जितेको छ । यस्तै, एक खेल अनिर्णित रह्यो । चेपौकमा कोलकाताको कीर्तिमान झनै खराब छ । यहाँ यी दुईबीच ९ खेल भएका थिए जसमा केकेआरले २ मात्रै जित्न सकेको थियो । यस मैदानमा चेन्नईले ७ खेल जितेको छ ।

चेन्नईको चेपौक स्टेडियमको पिचमा स्पिन बलरहरूको प्रभुत्व रहेको छ भने ब्याट्सम्यानलाई यो पिचमा रन बनाउन निकै गाह्रो छ । चेन्नईमा आइतबारको मौसम तातो हुने भएको छ । यहाँको तापक्रम ३० देखि ३९ डिग्री सेल्सियससम्म रहनेछ ।

दुबै टिमका सम्भावित सुरुवाती ११
चेन्नई सुपर किंग्सः महेन्द्र सिंह धोनी (कप्तान र विकेटकीपर), डेभोन कोनवे, ऋतुराज गायकवाड, अजिंक्य रहाणे, अम्बाती रायडु, शिवम दुबे, मोइन अली, रविन्द्र जडेजा, महिश तिक्षाना, तुषार देशपांडे र दीपक चाहर ।

कोलकाता नाइट राइडर्सः नितिश राणा (कप्तान), जेसन रोय, वेंकटेश अय्यर, रहमानउल्लाह गुरबाज (विकेटकिपर), आन्द्रे रसेल, सुनिल नारायण, रिंकु सिंह, अनुकुल रोय, शार्दुल ठाकुर, हर्षित राना र वरुण चक्रवर्ती ।

अंकतालिकाः