५ श्रावण २०८३, मंगलवार
,
Latest
ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा शीर्ष तीन नेताहरुको बैठक: प्रमुख सचेतकहरू पनि थपिए



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ । बालुवाटारमा जारी रहेको बैठकमा तीनै दलका सचेतकहरू पनि थपिएका छन् ।

बैठकमा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर थापा, एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादीका हितराज पाण्डे थपिएका हुन्।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार बैठकमा संसदको प्रभावकारिता, आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा केन्द्रित रहेर छलफल भइरहेको छ। यद्यपी, नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा हाई प्रोफाइल मुछिएपछि प्रमुख दलका शीर्ष नेताहरूको भेटघाट बाक्लिदै गएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाण लगायत दर्जन बढी पक्राउ परिसकेका छन् ।पूर्व उपप्रधानमन्त्री एवं एमालेका नेता टोपबहादुर रायमाझी भने फरार रहेका छन् ।




भर्खरै