२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा शीर्ष तीन नेताहरुको बैठक: प्रमुख सचेतकहरू पनि थपिए



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ । बालुवाटारमा जारी रहेको बैठकमा तीनै दलका सचेतकहरू पनि थपिएका छन् ।

बैठकमा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर थापा, एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादीका हितराज पाण्डे थपिएका हुन्।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार बैठकमा संसदको प्रभावकारिता, आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा केन्द्रित रहेर छलफल भइरहेको छ। यद्यपी, नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा हाई प्रोफाइल मुछिएपछि प्रमुख दलका शीर्ष नेताहरूको भेटघाट बाक्लिदै गएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाण लगायत दर्जन बढी पक्राउ परिसकेका छन् ।पूर्व उपप्रधानमन्त्री एवं एमालेका नेता टोपबहादुर रायमाझी भने फरार रहेका छन् ।