• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

नक्कली शरणार्थी प्रकरण: पूर्वसभासद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी



काठमाडौं । पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएको छ ।

रामेछापका शेर्पाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको बताईएको छ ।

नेपाली कांग्रेसका शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरुबाट रकम असुलेको आरोप छ ।उनले उक्त धन्दामा संलग्न केशव दुलाल र सानु भण्डारीसँग हिरासतमा पुगेर भेटसमेत गरेका थिए । प्रहरीले गत चैत १२ मा पाँचथरका टंक गुरुङ, ललितपुर घर भएका सानु भण्डारी र केशव दुलाललाई पक्राउ गरेको थियो ।